स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?

बिहिबार, ०१ असार २०७४

 

महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खागरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ ।

 

यदि स्तन सानो, गिलो, अविकसित छ भने समग्र सुन्दरतामा खोट देखिन्छ । साथै धेरै ठूलो स्तन पनि भद्दा देखिन्छ । त्यसैले सहि अकार र आकर्षक हुनुपर्छ, स्तन । स्तनलाई सुडौल बनाउनका लागि व्यायाम र मसाज प्रभावकारी हुनसक्छ ।

 

स्तनलाई सुडौल बनाउने व्यायाम

-पुश अप

-पेटको बलले सुत्ने ।

-पूरा शरीरलाई दुबै हात र पन्जाको बलले उठाउने ।

-शरीरलाई एकदमै सिधा पोजिसनमा राख्ने ।

-अब कुहिनालाई मोडेर बिस्तारै शरीरलाई तल झर्ने ।

-पुनः कुहिनालाई सिधा गरेर शरीरलाई उठाउने ।

-यस्तो विधी ५ देखि १० मिनेटसम्म गर्ने ।

 

वाल पुश

-भित्ताभन्दा लभगभ डेढ फिटको दुरीमा उभिने ।

-अब दुबै हातलाई सिधा गरेर हातलाई भित्तामा टेकाउने ।

-अब कुहिना मोडेर भित्तामा छाती राख्ने र पुन उठ्ने प्रक्रिया दोहोर्‍याउने ।

 

मसाज गरेर स्तनलाई सुडौल बनाउने

-तिलको तेल, जैतुनको तेल वा नरिवलको तेल हल्का हातमा लिने र केहि समय स्तनको मसाज गर्ने ।

-मालिस गर्नका लागि दुबै हातमा तेल लगाउने ।

-एउटा हात स्तनको तल र अर्को माथि राख्ने ।

-दुबै हात हल्का हल्का गोलाकार रुपमा घुमाउने ।

-फेरी तल राखेको हात माथि र माथि राखेको हात तल राखेर मालिस गर्ने ।

-ध्यान राखौं कि, स्तनको मसाज छिटो छिटो गर्नु हुँदैन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको