एनसेलमा ‘रातो नम्बर’ आतंकः अफवाह मात्र

शुक्रबार, १५ पुष २०७३

 

साँझपख दिदीको फोन आयो । बर्दिबास नजिकैको गाउँ किसाननगरबाट दिदी भन्दै हुनुहुन्थ्यो, ‘मोबाइलमा राति अनौठो नम्बरबाट फोन आयो भने नउठाउनू ।’

स्क्रिनमा चार वटा अंक आउँछ रे, हेर्दाखेरि भने आठ वटा देखिन्छ रे । फोन आउँदा रातो बत्ती बल्ने र उठाउनासाथै मान्छे मर्छन् भनेर सबै जना डराइरहेका छन् ।

 

अनौठो लाग्यो । रातो नम्बरको फोन आउने, उठाउँदा मान्छेको ज्यान जान पनि सक्ने । तर, यो काभ्रे, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा यसको ठूलै आतंक रहेछ ।

 

यतिसम्म कि फलानो ठाउँमा त यति जनाको मृत्यु भइसक्यो भन्नेसम्मका हल्ला रे.. रे… कै भरमा चलेको रहेछ । मानिसहरुले राति १० बजेदेखि बिहान ५ बजेसम्म आउने भन्दै मोबाइल अफ गरेर राख्न पनि थालेका रहेछन् ।

 

धेरै मानिस आतंकित भएकाले के रहेछ भने जान्न खोज्दा थाहा भो, यो अफवाह मात्र रहेछ ।

 

 

एनसेल भन्छः हल्ला हाे 

एनसेलका कर्पोरेट संबादविज्ञ मिलनमणि शर्मा भन्छन्, ‘यो नियतबस फैलाइएको अफवाह मात्र हो ।’

 

उनका अनुसार भएको रहेछ के भने कसैले फोटोशपबाट बनाएर रातो नम्बरको आतंक फैलाएको रहेछ । मानिसहरुलाई उल्लु बनाउन प्रयांक गर्ने प्रचलन छ, यो पनि यसकै श्रुंखला हो । जसले गाउँ-गाउँमा धेरैलाई आतंकित बनाएको छ ।

 

एनसेलका कर्पोरेट संबादविज्ञ शर्माका अनुसार चार डिजिटको त्यो पनि रातो नम्बरबाट कल नै आउँदैन । ‘फोटोशप गरेर त्यस्ता फोटो समाजिक सञ्जालमा राखिदिएकाले हल्ला फिँजिएको हो,’ शर्माले भने, ‘यस्तो हल्लामा विश्वास नगर्नुस् ।’

 

प्रहरी अनुसन्धानमा

यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ । यसबारे अनुसन्धान चलिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको