१८ वर्षीया युवतीले गरिन् अाफ्नाे कुमारित्व लिलामी

आइतबार, ०४ असार २०७४

 

घर र कार खरिदका लागि एक अस्ट्रियन युवतीले आफ्नो कुमारित्व विक्री गर्ने भएकी छिन् । १८ वर्षीया किम नाम गरेकी उक्त युवतीले आफ्नो कुमारीत्वको मूल्य ८६ हजार ६ सय ४० पाउन्ड तोकेकी छिन्। 

 

उनले सिन्डेरेला इस्कोट भन्ने एक  वेभसाइट मार्फत् विज्ञापन दिँदै कुमारित्व विक्रीका लागि विज्ञापन दिएकी छिन् । उनी  पूर्णरुपमा कुमारी रहेको र त्यसको चिकित्सकीय प्रमाण पनि रहेको तथ्य उक्त वेभसाइटमा खुलाइएको छ । कुमारित्व खरिद गर्ने व्यक्तिलाई त्यसमा विश्वास नलागेमा परीक्षण गराउनमा समेत आफू तयार रहेको किमको दाबी छ । 

 

उनले घर कार खरिद गर्नका लागि तथा आफ्नो पढाई खर्चको व्यवस्थापनका लागि यस्तो गर्न लागेको बताएकी छिन् । प्राप्त रकम मध्ये २० प्रतिशत रकम उनले मध्यस्थकर्तालाई दिने घोषणा गरेकी छिन् । उनी अस्ट्रियन तथा जर्मन दम्पतीकी छोरी रहेको जर्मन सञ्चार माध्यमहरुले खुलाएको छ । 

 

कुमारीत्व खरिदकर्ता जुनुसुकै देशको नागरिक भएतापनि आफूलाई स्वीकार्य हुने उनले बताएकी छिन् । खरिदकर्ताको अनुकूलता अनुसार उनी जहाँ गएर पनि आफ्नो कुमारीत्व सुम्पिन तयार रहेको र त्यसका लागि आउने जाने खर्च भने खरिदकर्ताले नै गर्नुपर्ने उनको माग रहेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको