यस्तो रहेछ ​​​​​​​फोनबाटै ​​​​​​​गर्भवती महिलालाई गर्भ परीक्षण गराउने नयाँ तरीका

शुक्रबार, १५ पुष २०७३

दाङ : दाङका गर्भवती महिलालाई स्वास्थ्य चौकीहरुले फोन मार्फत गर्भ परीक्षण गराउन सम्झाउने गरेका छन्।

दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै गर्भवती चेकजाँच गराउने समय आएपछि गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए।

गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ। गर्भवती भएको चार महिना, ६ महिना, आठ महिना, ९ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ। 

'सुरक्षित मातृशिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना अघिदेखि सुरु गरेको हो, जसले गर्दा पछिल्लो समय गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ,' रावतले भने।

त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कंदा आयोडिनयुक्त नुनको पोका र आइरन चक्की पाउने गरेका छन्। यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ। उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरिएको रावलले जनाए।

घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्य स्वयंसेविका घरमै पुगेर आमा र बच्चाको चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले जानकारी दिए।

रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने सरकारी सुविधाबाहेकको खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रुपमा व्यवस्था गरेको छ। रावतले भने, 'यो सेवाका लागि हामीलाई कतैबाट बजेट आउँदैन, स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्य चौकीको सहकार्यको खाताबाट सङ्कलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेका छौँ।' फोनबाट गर्भवती महिलालाई लगातार निम्तो दिन थालेसँगै स्वास्थ्य चौकी आउने महिलाको संख्यामा बृद्धि भएको रावलले बताए। 

To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको