कसरी गराउने ‘नर्मल डेलिभरी’ ? यस्तो छ सहज विधी

बिहिबार, ०८ असार २०७४

 

कुनैपनि कुरा प्राकृतिक र स्वभाविक ढंगले भएको राम्रो हो । तर, बच्चा जन्माउने काममा अहिले अप्राकृतिक विधी बढी चल्तीमा छ । सजिलोका लागि अपनाइने यस्ता विधी शारीरिक स्वस्थ्यका लागि त्यती राम्रो भने मानिँदैन ।

 

बच्चालाई प्राकृतिक रुपमै जन्म दिनु सर्बोत्तम हो । यद्यपी कतिपय परिस्थितिमा सामन्य हिसाबले बच्चा जन्माउन सकिँदैन र शल्याक्रियाको साहारा लिनुपर्ने हुन्छ ।

 

 

किन गर्ने नर्मल डेलिभरी ?

नर्मल डेलीभरीको सबैभन्दा पहिलो फाइदा भनेको आमाको स्वास्थ्य हो । शल्याक्रिया गराएको तुलनामा सामन्य रुपमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । शल्याक्रिया गरेपछि आमालाई तङ्गि्रनका लागि धेरै समय लाग्छ । साथै संक्रमणको भय पनि रहन्छ ।

 

नर्मल डेलिभरीको लक्षण

गर्भावस्थामा हरेक महिला यहि सोच्छन् कि, के मेरो बच्चा स्वस्थ्य होलान् ? के मेरो नर्मल डेलिभरी होला ?

केहि यस्तो लक्षण हुँदैन कि, डेलिभरी नर्मल हुन्छ वा हुँदैन । यद्यपी तपाई नियमित चिकित्सकको सम्पर्कमा हुनुहुन्छ भने बच्चाको स्वास्थ्यबारे थाहा पाउन सक्नुहुनेछ । साथै चिकित्सकले कस्तो डेलिभरी हुन सक्छ भन्ने कुराको पनि संकेत दिन सक्छन् ।

 

 

नर्मल डेलिभरीका लागि उपयोगी टिप्स

१. गर्भवती भएपछि नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहने । डेलिभरीको समय पीडादायक हुनसक्छ । त्यसैले उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ, ताकि नर्मल डेलिभरी भयो भने पीडा अलि कम हुन्छ ।

 

२. जन्म लिने बच्चा त्यसबेला स्वस्थ्य हुन्छ, जब आमा स्वस्थ्य हुन्छ । प्रेग्नेन्सीको समयमा यदि तपाईलाई कुनै रोग छ भने चिकित्सकको परामर्श लिनुहोस् र रोगको उपचार गराउनुहोस् ।

 

 

३. प्रसवको समयमा रगतको कमी हुनु हुँदैन । त्यसैले नियमित रुपले रक्त परीक्षण गराउनुपर्छ ।

 

४. गर्भवती महिलाले सामन्य डेलिभरीको लागि शरीरिक रुपले चुस्त हुनुपर्छ । त्यसैले स्वंमलाई सक्रिय राख्नका लागि हिँडडुल गर्नुपर्छ ।

 

 

५. गर्भवतीले भिटामिन, क्याल्सियम, प्रोटिन अधिक मात्रामा सेवन गर्नुपर्छ । यसका लागि ताजा फल, हरियो सब्जी खानुपर्छ । पानीको कमी हुनुहुँदैन, त्यसैले प्रतिदिन तीन लिटरसम्म पानी पिउनुपर्छ ।

 

 

६. गर्भावस्थामा मेथीको सेवन लाभदायक मानिन्छ, जसले नर्मल डेलिभरीमा सघाउँछ ।

 

 

७. नर्मल डेलिभरीको लागि वक्रासन, उत्कतसना, कोण आसन, सख भद्रासन जस्ता योग आसन पनि प्रभावकारी हुनसक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

गर्भवती भएका महिलालाई किन बढी बान्ता हुन्छ ?

पहिले पहिले गाँउघर तिर विवाहित महिलालाई बान्ता आउन थाल्यो भने परिवारका अन्य सदस्यहरुले गर्भवती भएको हो कि भनेर अडकल काट्ने...

कसरी हटाउने बच्चा जन्माइसकेकी आमाको पेटको सेतो धर्का

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको