मालीक बिहिन अबैद् सुन प्रहरीको कब्जामा

बिहिबार, २१ पुष २०७३

 

काठमाण्डौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गौशाला नजिकैपर्ने पिंगलास्थानबाट ठूलो परिणाममा अवैध सुन बरामद गरेको छ । तर त्यसको मालीक को हुन भन्ने कुरा हाल सम्म पत्ता नलागिसकेको प्रहरीले बताएको छ । प्रहरीले मालीकको बिषयमा खोजी कार्य  जारी रहेको बताएको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । सरकारले केहि महिना अगाडी सुन  ल्याउन बन्द गरेको थियो ।

 

 


कसरी पुग्यो अबैद्य सुन त्रिभुवन बिमान स्थल सम्मा  
विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको छ ।


पिंगलास्थानसम्म पुर्याइएको सुन सिआईबीले सुराकीको आधारमा पक्राउ गरेको हो । विमानस्थलबाट ३४ किलो सुन बरामत गर्यो  । सुनसँगै तीन जना पक्राउ परेका छन् ।


बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो । बरामत गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन् । प्रहरीले यसको तौल ३४ किलो रहेको बताएको छ ।


सुन राखिएको लगेजसहित गोपाल बहादुर शाही हिजो दुवईबाट काठमाडौं आएका थिए । आज लगेज लिनका लागि पुगेका शाहीसहित थापा र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको