औषधि अभावको समाचार दिने इन्चार्जलाई स्पष्टिकरण र चेतावनीपत्र !

आइतबार, २४ पुष २०७३

 

काठमाडौं-औषधि अभावको विषयमा सञ्चारमाध्यमलाई किन जानकारी गराएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बैजापुर उपस्वास्थ्य चौकीका इन्चार्जसँग २४ घण्टे स्पष्टिकरण मागेको छ ।

 


उपस्वास्थ्य चौकीमा निशुल्क औषधिको अभाव भएको विषयमा सञ्चारमाध्यमले जानकारी माग्दा इन्चार्ज हीरामणि गुरुङले जानकारी दिएका थिए । औषधि नभएको कुरा सञ्चारमाध्यमलाई दिएको भन्दै जनस्वास्थ्य कार्यालय प्रमुख खिमबहादुर खड्काले चेतावनीपत्र सहित २४ घण्टे स्पष्टिकरण सोधेका छन् । खड्का आफैँ शनिवार उपस्वास्थ्य चौकीमा पुगेर इन्चार्ज गुरुङलाई चेतावनी दिएका हुन् । खड्काले लुकाउनु पर्ने विषय सार्वजनिक गर्ने हो भन्दै इन्चार्जलाई चेतावनी दिएको जनस्वास्थ्य कार्यालय स्रोतले जानकारी दियो ।

 


उपस्वास्थ्य चौकीमा सिटामोल, जीवनजल, पखाला, घाउखटिरा, सिप्रो, लुतोका औषधि सकिएपछि बिरामी मर्कामा परेका छन् । लामो समयसम्म औषधि नपाएपछि बिरामीहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको