अनुहारमा पिम्पल आउछ, चिन्ता नगर्नुहोस्

मङ्गलबार, १७ साउन २०७४

 

 छाला अति संवेदनशील भयो भने छालामा रातो दाग बस्छ, चिलाउँछ, पीडाका साथै छाला चाँडै ड्यामेज हुन्छ, मौसम परिवर्तन र प्रदूषणको प्रभाव छिट्टै पर्छ । संवेदनशील छालाको हेरचाह अत्यन्त आवश्यक छ । सेन्सेटिभ स्किन कुनै पनि प्रकारको बिरामीको लक्षण होइन, बरू यो कतिपय बिरामीको कारण बन्न सक्छ । सेन्सेटिभ स्किन भएकाहरूलाई रोजेसिया, ऐग्जिमा, सोराथसिस, पिम्पल तथा एलर्जी आदि हुनसक्छ ।

सेन्सेटिभ स्किनको कारण

सेन्सेटिभ स्किनका पछाडि थुपै्र कारण छन् र हरेक व्यक्तिमा यसको फरक–फरक प्रभाव हुन सक्छ । सेन्सेटिभ स्किन आनुवंशिक कारणबाट पनि हुन सक्छ वा पर्यावरणमा यसको कारण लुकेको हुन सक्छ । यदि छाला चाँडै रातो हुन्छ, चिलाउँछ, चायाँ पर्छ भने यो समस्या आनुवंशिक हुनसक्छ । केही एलर्जिक रिएक्सन पनि आनुवंशिक हुन सक्छन् । जुन खाना खाइन्छ, त्यसले पनि स्किनलाई सेन्सेटिभ बनाउन सक्छ वा केही एलर्जिक रिएक्सनलाई बढाउन सक्छ । कफी र अन्य गरम पेयपदार्थ तथा गरम मसला पनि स्किनमा हुने रिएक्सनको कारण बन्न सक्छ । त्यसबाहेक केही स्किन केयर एवं हेल्थ प्रोडक्टसका कारण पनि छाला सेन्सेटिभ हुनसक्छ । यस्तो अवस्थामा छालाको अतिरिक्त हेरचाह आवश्यक हुन्छ ।

आहार

केही खाद्यपदार्थबाट पनि सेन्सेटिभ स्किनमा एलर्जी हुन्छ । त्यस्ता खाद्यपदार्थ पहिचान गरी तिनबाट टाढै रहनुपर्छ । तनावका कारण छालाको उमेर रोक्न कठिनाइ हुन्छ । तनावले शरीरमा त्यस्ता हार्मोनको स्तर वृद्धि हुन्छ, जसले मुहारमा दाना सिर्जना गर्छ ।  तनावमुक्त रहने प्रयास गर्नुपर्छ । छालालाई स्वस्थ राख्न सन्तुलित एवं पौष्टिक खानेकुरा खानुपर्छ । सेन्सेटिभ स्किन भएकाहरूका लागि कटन र सिल्कका पहिरन उपयुक्त हुन्छन् । मेकअप उतार्दा पनि कटन बल्स नै प्रयोग गर्नु राम्रो हुन्छ ।

स्किनको सेन्सेटिभनेसमा विचार पुर्याउनुपर्छ

यदि छाला कोमल छ भने त्यसमा रफ खालको प्रोडक्ट प्रयोग गर्नु हुँदैन । छालालाई सफा राख्नुपर्छ । स्क्रविङ वा तातोपानीबाट जोगिनुपर्छ । क्लिन्जिङको प्रयोगपछि मुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । सेन्सेटिभ स्किनका लागि बनेको मोस्चराइजर र सनस्क्रिन मात्र प्रयोग गर्नुपर्छ । मुहारलाई पटक–पटक वा धेरै समयसम्म धुनुहुँदैन र मुहार धुन मनतातो पानी प्रयोग गर्नुपर्छ । जाडोमा छालामा हुने ड्राइनेसका कारण चिलाउनु सामान्य हो ।

सेन्सेटिभ स्किन उत्पादन नै छनोट गर्नुपर्छ

सेन्सेटिभ स्किनका लागि सेन्सेटिभ उत्पादन नै प्रयोग गर्नुपर्छ । यस्ता उत्पादनले मुहारमा छाला पोल्ने वा एलर्जी हुँदैन । लेबलमा दिइएका निर्देशन अवश्य पालना गर्नुपर्छ ।

पावरफुल उत्पादनबाट टाढा रहनुपर्छ

सोप बेस्ड क्लिन्जर प्रयोग गर्नुहुँदैन । यदि सेन्सेटिभ स्किनका लागि बनेको उत्पादन प्रयोग गरिँदैन भने पनि त्यस्ता उत्पादनबाट जोगिनुपर्छ जसमा फ्रुट एसिड, अत्यन्त सुगन्ध, कलर, एन्टी–ब्याक्टेरियलजस्ता तत्व पाइन्छन् । डियोड्रेन्ट र स्क्रबयुक्त पदार्थबाट टाढै रहनुपर्छ । कठोर केमिकल भएका साबुन, स्याम्पु, बडी क्लिन्जर, क्रिम, बाथ ओयल र बबल बाथबाट पनि जोगिनुपर्छ । सेन्सेटिभ स्किनका लागि बनेका सनस्क्रिन नै प्रयोग गर्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको