अत्यधिक उत्तेजनाले गयो ज्यान, मृत्युपछि पनि उत्तेजित !

सोमबार, २५ पुष २०७३

 

अत्यधिक यौन उत्तेजना थाम्न नसकेर नाइजेरियामा एक व्यक्तिको मृत्यू भएको छ । मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको त्यहाँका मिडियाले जनाएका छन् ।

 

४० वर्ष आसपास उमेर भएका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् । उनले मृत्यूअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ ।

 

सामसोनले प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजनाबारे सुनाएपछि उनका एक साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाव दिएका थिए । प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिए । औषधि सेवनपछि उत्तेजित भएको लिंग फेरि शान्त भएन ।

 

सामसोनका साथी भन्छन्, ‘लामो समय यौनसम्वन्ध राख्दा पनि उ स्खलित हुन सकेन । निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उसको मृत्यू भएको हुनुपर्छ ।’ सामसोनले पहिलोपटक यस्तो औषधि सेवन गरेर सेक्स गरेको पनि उनले जानकारी दिए ।

 

सामसोनको मृत्यू भएपछि उनकी प्रेमिका होटलबाट भागेकी थिइन् । होटलका कर्मचारीले सामसोनलाई वारी सेन्ट्रल हस्पिटल लैजाँदासम्म उनको लिंग उत्तेजित अवस्थामा नै थियो । तर अस्पतालमा चिकित्सकहरुले उनर्लाइ मृत घोषित गरिदिए ।

 

मृतकको परिवारले अहिलेसम्म कुनै उजुरी नगरेकाले प्रहरीले यस घटना सम्वन्धमा अनुसन्धान अघि बढाएको छैन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको