डा. गोविन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन

शनिबार, २८ साउन २०७४

 

काठमाडौँ,  आमरण अनसन सुरु भएको २० दिनसम्म पनि माग पुरा नभएको भन्दै डा गोविन्द केसीका समर्थकले आज राजधानीमा प्रदर्शन गरेका छन् ।

मध्यान्न १२ बजे माइतीघरमा जम्मा भएका समर्थकको जुलुस बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले सो क्रममा डा केसीको पक्षमा र सरकार नेता तथा सांसदहरुको विरुद्धमा नाराबाजी गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले डा केसीले उठाएका मागहरु निसर्त रुपमा पुरा गर्नुपर्ने बताए । उनीहरुले सरकारले डा केसीसंग सम्झौता गरी पटक पटक धोका दिएको भन्दै यसपटक पनि त्यस्तै हुने आशंका रहेको बताएका थिए ।

संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपछि अनसन स्थगित हुने अपेक्षा गरेपनि पनि डा केसीले माथेमा प्रतिवेदनको मर्म अनुसार नआएको भन्दै अनसन जारी राखेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको