यी १० कारणले तपाईंको शुक्रकिटको क्षमता र गुणस्तर घट्छ

सोमबार, १२ भदौ २०७४

 

काठमाडौं । इजरायलको हेब्रु विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले पुरूषको शुक्रकिटमा पचास प्रतिशतले कमी आएको देखाएको छ । आधुनिक जीवन शैलीका कारण शुक्रकिटमा कमी आएको अनुसन्धानले देखाएको हो । निम्न ९ कारणले पुरुषको प्रजनन् क्षमता घटिरहेको अनुसन्धानले दावी गरेका छन्ः

 

१.धुम्रपान र मद्यमान सेवन गर्नुः चुरोट र रक्सीमा हुने घातक तत्वले डिएनएलाई हानि पुर्याउँछ । यसका कारण शुक्रकिट उत्पादन र गुणस्तर दुवै घट्छ ।

२. कम निदाउनुः कम सुत्ने बानीका कारण शरीरमा हानिकारक हर्मोन उत्पादन हुन्छ । यसले तनाव र डिप्रेशन बढ्छ र प्रजनन् क्षमता घट्छ ।

३.तनाव र डिप्रेशनको शिकार बन्नुः अति तनाव र डिप्रेशनका कारण शारीरिक क्षमतामा कमि आउने गर्छ जसका कारण पुरुषमा इरेक्टाइल डिस्फङ्शनको समस्या देखिन्छ ।

४. शरीरको तौल नियन्त्रण नगर्नुः धेरै मोटा मानिसमा टेस्टोस्टेरन नामक हर्मोन कम हुन्छ । यो हर्मोनमा कमि आएपछि सन्तान उत्पादन क्षमतामा पनि ह्रास आउँछ ।

५. कसिलो अन्डरवयर लगाउनुः टाइट अन्डरवयर लगाउँदा टेस्टिकलको तापक्रम वृद्धि हुन्छ । साथै यसरी अन्डरवयर लगाउँदा पुरुष प्रजनन अंगका नशा दब्ने गर्छन् । र यसले शुक्रकिट उत्पादन र इरेक्शनमा नकरात्मक असर पर्छ ।

६. अति तातो पानीले नुहाउनुः शरीरको तापक्रम बढेपछि शुक्रकिट कम उत्पादन हुने, शुक्रकिटको गुणस्तर खस्कने र निसन्तान हुने सम्भावना बढ्छ ।

७. मोबाइल र ल्यापटपलाई गलत तरिकाले प्रयोग गर्नुः मोबाइल वा ल्यापटप प्रयोग गर्दा तिघ्रामा राख्नु हुँदैन । प्रजनन अंग वरपर मोबाइल वा ल्यापटप राख्ने कार्यले प्रजनन् क्षमतामा ह्रास आउँछ । यसरी प्रयोग गर्दा वृद्धि हुने तापक्रम र विकीरणले शुक्रकिटमा नराम्रो असर पार्छ ।

८.जङ्क फुड र चिल्लोयुक्त खाना खानुः जङ्क फुड र चिल्लोयुक्त खाना सेवनले शुक्रकिट उत्पादन र गुणस्तर कम हुने गर्छ । खानामा मिसाइएको प्रिजर्भेटिभ र नूनले पनि शुक्रकिटमा हानि पुर्याउने गर्छ ।

९. गुलियोयुक्त खाना बढी सेवन गर्नुः चिनीयुक्त खानाको अत्याधिक सेवनले मधुमेह हुन्छ । मधुमेहका कारण पुरूषमा बाँझोपनको समस्या देखिन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको