कुन उमेर समुहका मानिस सबैभन्दा बढी सेक्स गर्छन् ? पछिल्लो सर्वेक्षणको नतिजा यस्तो छ

शनिबार, १७ भदौ २०७४

 

भन्नेहरु भन्छन्, सेक्स नै जीवन हो, सेक्स नै संसार हो । मानव जीवन र सृष्टिका लागि पनि सेक्स अनिवार्य छ । कतिपय मानिसमा सेक्सको अत्याधिक चाहना हुन्छ । कतिपयमा कम । कतिपटक हुन शारीरिकलाई सम्बन्ध धेरै वा थोरै भन्ने विवाद पनि लामो समयदेखि छ । यस विषयमा प्रशस्त अनुसन्धान भएका छन् । तर, यसको नतिजा अनुसन्धानपिच्छे नै फरक फरक पाइएको छ ।

 

किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले हालै यो विषयमा गहिरो अनुसन्धान गरेका छन् । यो अनुसन्धानको मुख्य उद्धेश्य नै फरक फरक अनुसन्धानलाई आधिकारिक बनाउने प्रयास थियो । किन्सेको अनुसन्धानले मानिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्नेमा जोड दिएको छ ।

 

यो सर्वेक्षणले १८ देखि २९ वर्ष उमेर समुहका व्यक्तिले सबैभन्दा बढी सेक्स गर्ने देखाएको छ । यो उमेर समुहले सातामा दुई पटक र वार्षिक औसत एक सय १२ पटक सेक्स गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

 

त्यस्तै, ३० देखि ३९ वर्ष उमेर समुहकाले प्रतिवर्ष ८६ पटक अर्थात सातामा एक दसमलव ६ पटक सेक्स गर्छन् । यस्तै ४० देखि ४९ वर्षकाले ६९ पटक सेक्स सम्बन्ध राख्छन् । किन्सेको अनुसन्धानले मानिसमा उमेर बढ्दै गएपछि सेक्स चाहना कम हुँदै जाने देखाएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको