गर्भावस्थासँग जोडिएका आठ वास्तविकता जसबारे कसैले कुरा गर्दैनन्
शनिबार, १७ भदौ २०७४
गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो ।
तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैसँग कुरा गरिँदैन ।
१। दिसा कोइलाजस्तो कालो र ठोस्
गर्भवती महिलाका अनुसार गर्भधारणको क्रममा कसैले पनि बताउँदैनन् कि उनीहरुको दिसा कोइलाजस्तो कालो र ठोस् हुन्छ ।
२। शौचालयको प्रतिक्षा कसले गर्न सक्छ रु
गर्भावस्थाबाट गुज्रिरहेका कुनै पनि महिला जो सुकैसँग सोध्नुहोस्, तपाईंलाई थाहा हुन्छ कि गर्भवती महिला शौचालयमा प्रतिक्षा गर्ने स्थितीमा हुँदैनन् ।
३। मानिसहरुले डरलाग्दो कहानीमात्र सुनाउँछन्ः
महिलाका अनुसार गर्भवती महिलाको बीचमा बस्दा उनीहरुले यस्ता डरलाग्दा कहानी सुन्ने गर्दछन् जसले तपाईंको तनाव बढ्ने गर्दछ ।
धेरैजसोले प्रसव पीडाको क्रममा हुने दुखाईबारे कुरा गरेर निकै तर्साउने गरेको एक महिलाले बताइन् ।
४। मर्निङ सिकनेस होइन, मात्र सिकनेस भन्नुहोस्ः
महिलाका अनुसार मर्निङ सिकनेसको नाम नै गलत हो । यसलाई त सिकनेस ९बिरामी० नै भन्नुपर्छ ।
५। स– सानो कुरामा रोनाधोनाः
गर्भधारणको क्रममा महिलाको हर्मोनमा परिवर्तनका कारण स–सानो कुरामा भावुक हुने गर्दछन् ।
यसमा कुनै मलमा बार्गेनिङको क्रममा भावुक भएर रुनु पनि समावेश छ ।
६। अचार छोड्नुहोस्, पेट्रोल पनि पिउन मनलाग्छः
एक महिलाका अनुसार एक पटक उनी पेट्रोल पम्पका उठेर आफ्नो गाडीमा तेल भरिरहेकी थिइन् त्यतिबेला उनलाई पेट्रोलको बास्ना मनपरेर खाने इच्छा जागेको थियो ।
एक अन्य महिलाका अनुसार अचार र मिल्क शेक पिउनुका साथै कहिलेकाँही साबुन चाट्ने इच्छा पनि हुन्छ ।
७। राती निन्द्राः त्यो त लाग्दै लाग्दैन
गर्भवती महिलाले निन्द्रा त बिर्सिएको सपना जस्तो हुन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्