नियमित स्तनपानले घटाउछ मोटोपना !

शनिबार, १७ भदौ २०७४

 

एजेन्सी- पौष्टिक आहारका कारणले होस या जंकफुड खानाले होस, हिजोआज बच्चाहरुको तौल चाहिने भन्दा बढी हुने गरेको छ । आफ्नो आमाको दुध राम्ररी खान नपाएका भएपनि बालबालिकाहरु बजारमा पाइने विभिन्न आहार खानाले मोटोघाटो देखिने गरेका छन । अझ विकसित देशहरुमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ ।

 

तर अनुसन्धान के भन्छ भने , जो बच्चाले लामो समयसम्म आमाको दुध खान पाएको अर्थात स्तनपान गर्न पाएको छ उसमा मोटोपन हुनु सम्भावना निकै कम हुन्छ ।हालै जापानमा गरिएको एक अध्ययनबाट सो कुरा पत्ता लागेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

 

४३ हजार बच्चाहरुमा गरिएको अध्ययनमा जो बच्चालाई ६ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेसफिडिङ’ गराइन्छ त्यो बच्चामा मोटोपन हुनेसम्भावना १५ प्रतिशत कम हुन्छ । बरु बलियो दह्रो र फुर्तिलो हुन्छ । अनुसन्धान भन्छ , बच्चाको मात्रै होइन आमाको स्वास्थ्यमा समेत फाइदा जनक हुन्छ ।

 

अनुसन्धानले लामो समय आमाको दुध खाने बच्चाको पेटको समस्या, सक्रमण तथा एलर्जी हुने सम्भावनाबाट बचाउछ । अध्ययनमा ७ – ८ बर्षका कम तौल भएका बच्चा, सामान्य तौलका बच्चा र बढि तौल भएका बच्चा समावेश गरिएको थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको