के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

शनिबार, १७ भदौ २०७४

के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध

जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका सत्य हुन् | यही सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ , उसको मृत्यु र जसको मृत्यु हुन्छ , उसको जन्म पनि निश्चित भएर सांसारिक प्रक्रिया निरन्तर चलीरहन्छ , भन्ने मान्यता राख्दछ | यो पूनर्जन्म र मृत्युको चक्रमा नछिर्नु मोक्ष प्राप्त गर्नु हो | सनातनी हिन्दू परीवारले कसैको मृत्यु भएमा ती मृत आत्माहरुको वैदिक तरिकाले श्राद्धादी दश गात्र कर्म नगर्दा , पूर्वजहरुलाई नसंझिदा , वार्षिक तिथि श्राद्ध नगर्दा त्यसका कुलमा अशांति , वंश - वृद्धिमा रूकावट , रोग - ब्याध आकस्मिक बीमारी, शंकट , आइरहन्छ भन्ने मान्यता बोक्दछ र हाम्रो शास्त्रले यहिकुरोलाई पुष्टि गर्दछ | मृत व्यक्तिको दाह संस्कार गरिसकेपछि मृतात्माले धारण गरेको वायु स्वरुप प्रेत हो | "प्रेत" भनेको आत्माको त्यो अवस्था जो मृत्यु पछि गरीने दश गात्रादी कर्महरु वा प्रथम षोडशी , मध्यम र मलिन शोडषी कृत्य सहित सपिंडीकरण गरुञ्ज्याल सम्मको अवस्था हो | मृत आत्माले सूक्ष्म शरीर धारण गरेपनि उ भित्र मोह, माया , भोक , प्यास रहन्छ र त्यो प्रेत आत्मा पितृहरुसंगको सम्मिलन गरिदिएपछि तथा बर्षदिनको और्द्धदैहिक क्रिया सकिएपछि अन्य पितृहरुको थान्कोमा रहन पुग्दछन भन्ने दृढ मान्यता बोकेर हिन्दू समाज मृत आत्माकोलागि श्राद्ध गर्ने गर्दछ |

 

तिथिको महत्व र छनौट :

 हाम्रो परम्परामा जन्म र मृत्यु तात्कालिक लिइन्छन , अर्थात सूर्य उदाउँदा जुन सुकै तिथि भएपनि जन्मिँदा वा मर्दा जुन तिथिले छुन्छ त्यै तिथि स्विकार्नु पर्ने हुन्छ | त्यो नै वैदिक कृत्यको सार हो | कसरी भन्दा " श्राद्ध मन्जरी जस्तो ग्रन्थले देव र पितृकार्य गर्दा तिथि छनौटको विषयमा भन्दा छ - " देव कार्ये तिथि ज्ञेया यथाSभ्यूदितो रवि | पितृ कार्ये तिथि ज्ञेया यदा अस्त्मितो रवि || " अर्थात देव कार्य गर्दा उदाउँदो तिथि ग्रहण गर तर पितृ कार्य गर्दा अस्ताउँदो तिथि लेउ | भन्नुको अर्थ सूर्योदय हुँदा पंचमी तिथि छ र सूर्यास्त हुँदा षष्ठि तिथि छ भने षष्ठि तिथिको श्राद्ध त्यै दिन गर |

 

पितृ र श्राद्ध :

स्थूल शरीरबाट आत्मा उडनु , त्यस शरीरको अन्त्येष्टि संस्कार गरीनु र दाह संस्कार गरी सकेपछि मृत आत्माको तृप्तिकोलागि और्द्धदैहिक क्रिया कर्म श्रद्धापूर्वक सम्पादन गरीने प्रेत र पितृ कर्म श्राद्ध हो तथा जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरी सकीएको हुन्छ ति पितृ हुन | श्राद्ध सम्बन्धमा भनिएको छ - " श्रद्धया इदं श्राद्धम्‌ "(जे कुरा मृत व्यक्तिलाई श्र्द्धाले दिइन्छ त्यो श्राद्ध हो ) | जन्मदाता माता-पिता मृत्यु-पश्चात विस्मृत नहुन् , उनीहरु प्रति यथोचित सम्मान र श्रद्धा निरन्तर रहोस भन्ने भावना राखेर तिनलाई सम्झिने , श्रद्धा गर्ने काम श्राद्ध हो | यम स्मृतिले पांच प्रकारका श्राद्धहरुको वर्णन गरेको छ , जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भनिन्छ | नित्य श्राद्ध- प्रतिदिन गरिने श्राद्ध हो | यो श्राद्धमा विश्वेदेवलाई स्थापना गरिन्न | यो श्राद्ध मात्र शुद्ध जलद्वारा सम्पन्न गरिन्छ | नैमित्तिक श्राद्ध- कसैलाई निमित्त बनाएर जसले श्राद्ध गर्दछ त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ | यसलाई एकोद्दिष्ट पनि भनिन्छ | एकोद्दिष्टको मतलब कुनै एकलाई निमित्त मानेर गरिने श्राद्ध जस्तो कसैको मृत्यु भएर गरिने दशगात्र , एकादश ( व्रिषोत्सर्ग ) आदि एकोद्दिष्ट श्राद्ध अन्तर्गत आउछन | यसमापनि विश्वेदेवलाइ स्थापना गरिन्न | काम्य श्राद्ध- कुनै बिशेष कामना पूर्ति गर्न गरिने श्राद्ध | बृद्धि श्राद्ध शुभ कर्मको पूर्व तयारी हो भने पार्वण श्राद्ध औंशी र आश्वीन कृष्ण पक्षमा गरिने महालय श्राद्ध हो |

 

पितृहरुको किसिम :

श्राद्धादी कर्ममा आफ्नी बिबाहिता पत्नीद्वारा दूधमा चामल पकाई त्यसमा सरोवर तील मिसाई बटारेर डल्लो पारी मास्तिरबाट कुश राखेर तयार गरी पितृहरुलाई अर्पण गरिनु पिण्ड हो र याँहा 'पिण्ड' को अर्थ हो शरीर | सनातन हिन्दू शास्त्रले पितृहरुलाई देवताहरु सरह पूज्य मान्दछ | 'पितृ' को शाव्दिक अर्थ पिता हो | हाम्रा शास्त्रहरुले पितृहरुलाइ दुई रुपमा बर्णन गरेको भेटिन्छ | दिव्य पितृ र मनुष्य पितृ दिब्य पितृको काम न्याय दिनु हो भने लौकिक पित्रिहरु बंश परम्पराका द्द्योतक हुन् | आफ्नो बंश परमपरामा कुनै व्यक्तिको अगाडिको तिन मृत पुस्ता पितृ हो र मानव जातिको प्रारम्भ कालका पृथक लोकमा रहन पुगेका कल्पित पितृदेवहरु दिव्य पितृहरु हुन् | दिव्य पितृ त्यो समुहको नाम हो जसले समस्त जीवधारीहरुको कर्म विचारेर मृत्यु पछि उसलाई के गति दिने त्यको निर्णय गर्दछन | यसका अधिष्ठाता यमराज मानिन्छन | यमराजको गणना पितृहरुमा गरिएको हुन्छ | काव्यवाडनल, सोम, अर्यमा र यम- यिनीहरु यस जमातका सदस्य हुन | ती चारैको तर्फबाट सुनवाई गर्ने हुन अग्निष्व देवताहरुका प्रतिनिधि, सोमसद या सोमपा-साध्यहरुका प्रतिनिधि तथा बर्हिपद-गन्धर्व, राक्षस, किन्नर सुपर्ण, सर्प तथा यक्षहरुका प्रतिनिधि मानिन्छन | यी सबै मिलेर गठन हुन पुगेकालाई दिव्य पितृ गण भनिन्छ | अग्रिष्वात्त, बर्हिषद आज्यप, सोमेप, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक तथा नान्दीमुख यी नौ दिव्य पितृहरु भनिएको हो | महाभारतमा भगवान श्री कृष्णले आफ्नो परिचय दिंदै भनेका छन् :- अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् । पितृणामर्यमा चास्मि यमः संयमतामहम् ॥ २९ ॥ - गीता हे धनंजय ! नागहरुमा म शेषनाग हुँ , जलचरहरुमा म वरुण हुँ ; पितृहरुमा म अर्यमा तथा नियमन गर्नेमा म यमराज हुँ | याँहा अर्यमा भनेको पितृहरुका राजा हुन् | दीब्य पितृहरुका श्रेष्ठ हुन् | आश्विन कृष्ण प्रतिपदादेखि अमावस्या सम्म सूर्यको किरण (अर्यमा) संगै पितृ प्राण पृथ्वीमा व्याप्त हुने गर्दछ | अर्यमा पित्रिहरुमा श्रेष्ठ हुन | यी अर्यमा पित्रिहरुका देउता


- प्रविण अधिकारी को फेसबुक वाल बाट साभार ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको