इमान्दारीताले मात्र हुँदैन, राम्रो पार्टनर बन्नु छ भने यी विशेषता हुनुपर्छ

मङ्गलबार, २० भदौ २०७४

 

एक राम्रो पार्टनरको अर्थ तपाईं दिनमा कतिपटक उनको कुरा गर्नुहुन्छ वा उनीप्रति कति इमान्दार हुनुहुन्छ वा उनलाई कतिपटक अंगालो हाल्नुहुन्छ वा चुम्बन गर्नुहुन्छ भन्ने होइन । एक राम्रो पार्टनरको परिभाषा योभन्दा धेरै माथि छ । कसैसँग सम्बन्धमा हुनुहुन्छ भने प्रेमका साथै विश्वास र अन्य थुप्रै विशेषता हुन आवश्यक छ । अनिमात्र सम्बन्ध थप गहिरो हुनसक्छ । आज हामी तपाईंलाई राम्रो सम्बन्धका लागि आवश्यक विशेषताबारे जानकारी दिँदै छौं ।

 

याे पनि पढ्नुहाेसः पार्टनरलाई धोका कुन दिनमा बढी ?

 

सम्मान छ भने सबैकुरा छः

तपाईं आफ्नो पार्टनरलाई अत्यधिक माया गर्नुहुन्छ तर उनको सम्मान गर्नुहुन्न भने तपाईंको प्रेम फिक्का हुन्छ किनभने जुन सम्बन्धमा सम्मान छैन त्यो लामो समयसम्म टिक्न सक्दैन । जब तपाईंका पार्टनरले लामो समयसम्म तपाईंको सम्मानमा ठेस पुर्याउँछन् भने तपाईंहरुको सम्बन्ध गहिरिनुको साटो टुट्न थाल्छ । त्यसकारण सम्बन्धमा एक–अर्कालाई सम्मान गर्नैपर्ने हुन्छ ।

 

याे पनि पढ्नुहाेसः  श्रीमान–श्रीमतीले एकअर्कालाई कहिल्यै नभन्नुहोस् यी पाँच कुरा : सम्बन्ध बिग्रनु मात्र हैन जिन्दगी तहसनहस हुन सक्छ

 

विश्वास सबैभन्दा आवश्यकः

तपाईं आफ्नो पार्टनरलाई प्रेम त गर्नुहुन्छ तर स–सानो कुरामा शंका गर्नुहुन्छ भने यो तपाईंका लागि ठिक होइन । विश्वासमा नै सम्बन्ध टिकेको हुन्छ । यदि तपाईंलाई आफ्नो पार्टनरमा विश्वास छैन भने तपाईं लामो समयसम्म सम्बन्धमा रहन सक्नुहुन्न । यदि तपाईंहरु बिच विश्वास छ भने तपाईंको सम्बन्धमा कसैले पनि आँखा लगाउन सक्दैन ।

 

भावनात्मक रुपमा साथ रहनुहोस्ः

तपाईंको पार्टनरलाई सबैभन्दा धेरै आवश्यकता तपाईंको भावनात्मक साथको हुन्छ । संसारका हरेक व्यक्तिले राम्रो र नराम्रो समयमा   आफ्नो पार्टनरले साथ दिउन् भन्ने चाहन्छन् । खराब र मुश्किल परिस्थितीमा साथ दिउन् भन्ने पनि धेरैको सोच हुन्छ ।

 

याे पनि पढ्नुहाेसः महिलाले आफ्ना श्रीमानसँग भुलेर पनि भन्दैनन् यी कुरा !

 

राम्रो श्रोता बन्नुहोस्ः

यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने उनलाई बुझ्ने कोसिस गर्नुहोस् । तपाईंको यो राम्रो श्रोता बन्ने बानीले तपाईंको लभ लाइफलाई रोमाञ्चक बनाउने गर्दछ ।

 

गल्ती स्विकार्नुहोस्:

सम्बन्धमा स–सानो झगडा हुनु सामान्य हो तर आफ्नो गल्ती मान्न निकै मुश्किल हुने गर्दछ । यदि तपाईं आफ्नो नजिकको व्यक्तिलाई गुमाउन चाहनुहुन्न भने र तपाईंको कुनै कुराले उनको मन दुखेको छ भने तपाईंले आफ्नो गल्ती स्विकार्नै पर्ने हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको