उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली
मङ्गलबार, २० भदौ २०७४

के हो ‘ड्यास’ भोजन पद्दति?
ड्यास (डिएएसएच) को पूरा अर्थ ‘डाएटरी एप्रोच टु स्टप हाइपरटेन्सन’ हो । ड्यास भोजन पद्दतिले भोजनकर्तालाई सोडियम वा नुन थोरै मात्रामा खान तथा म्याग्नेसियम, क्याल्सियम र पोटासियमयुक्त खानेकुरा बढी खान अभिप्रेरित गर्छ।
यस्तो भोजनले रक्तचाप घटाउन मद्दत गर्छ । ड्यास भोजन पद्दतिले धेरै फलफूल, सागसब्जी, अन्न, चिल्लो न्यून भएका दुग्ध पदार्थ, कुखुरा, माछा, विभिन्न खालका बदाम (हाडे बदाम लगायत) र सिमी/बोडीलगायत खानेकुरा बढी खान सुझाउँछ। यो शैलीले यी सबै खानेकुराको अनुपात मिलाएर भोजन गर्न जोड दिन्छ । यसले गर्दा शरीरलाई आवश्यक पोषक तत्व पर्याप्त हुनेगरी विविध प्रकारका खानेकुरा भोजनमा समावेश हुन्छन्।
याे पनि पढ्नुहाेसः खाना खाने यस्तो शैलीः जसले पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ
उच्च रक्तचापबाट जोगिन वा बढ्न नदिन स्वस्थ भोजन गर्न जीवनभर अपनाइने भोजन शैली नै ड्यास भोजन पद्दति हो । कतिपय अध्ययनले यो भोजन पद्दतिले मस्तिष्कघात, मुटुसम्बन्धी रोग, हार्टफेल, मिर्गौलाको पत्थरी, मधुमेह र केही प्रकारका क्यान्सरजस्ता धेरै रोगका जोखिम न्यून पारेको देखाएका छन्। यो भोजन पद्दति शरीरको वजन घटाउन र स्वस्थ्य रहन प्रभावकारी प्रमाणित भएको छ।
ड्यासले कसरी गर्छ काम?
ड्यास भोजनमा प्रोटिनयुक्त खानेकुरा, मुटुका लागि स्वस्थ्यकर चिल्लो पदार्थका साथै फलफूल र सागसब्जीको मात्रा धेरै हुन्छ, जसले भोक पनि मेटाउँछ। यो भोजनमा तृष्णा बढाउने वा बानी नै पर्ने खानेकुरा (जसले रगतमा ग्लुकोजको मात्रा बढाउँछन्) समावेश हुँदैनन् । रगतमा ग्लुकोजको मात्रा उपयुक्त राखे, पेटको मोटाइ (बोसो) घटाएर मधुमेह र उच्च रक्तचापको जोखिम घटाउन सकिन्छ ।
सैगरी, ट्राइग्लिसिराइड (टिजी) घटाएर, राम्रो कोलेस्टेरोल (एचडिएल–हाई डेन्सिटी लिपोप्रोटिन) बढाएर र खराब कोलेस्टेरोल (एलडिएल–लो डेन्सिटी लिपोप्रोटिन) न्यून गरेर उच्च रक्तचाप र मधुमेहको जोखिम न्यून पार्न सकिन्छ।
याे पनि पढ्नुहाेसः तपाईंलाई थाहा छ ? रगत सफा गर्ने अचुक प्राकृतिक उपाय
ड्यास कुनै एउटा पोषक तत्वमा मात्र आधारित नभएर भोजनको ढाँचा (डायटरी प्याट्रन) मा आधारित हुन्छ। यसले धेरै अनुपातमा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा (जसले मुटुसम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सरलगायत विभिन्न दीर्घकालीन रोग लाग्नबाट जोगाउने वा यस्ता रोगको विकास हुन रोक्ने विश्वास गरिन्छ) बढी समावेश गर्छ। ड्यास ढाँचाको भोजनमा स्याचुरेटेड र ट्रान्स फ्याटसँगै नुनको मात्रा न्यून हुन्छ भने रेसा (फाइबर), प्रोटिन, म्याग्नेसियम, क्याल्सियमको मात्रा बढी हुन्छ।
याे पनि पढ्नुहाेसः फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौ गुण : जानी राखौ के- के कुरामा फाइदा गर्छ
ड्यास भोजन पद्दतिमा समावेश हुने खानेकुरामा प्राकृतिक रुपमा नै सोडियमको मात्रा कम हुन्छ। त्यसैले ड्यास भोजन पद्दति पछ्याए सोडियमको मात्रा स्वभाविक रुपमा घट्छ। चिकित्सकहरू एक जना सामान्य व्यक्तिका लागि दैनिक नुन (सोडियम) को मात्रा २३ सय मिलिग्राम मात्र उपयोग गर्न सल्लाह दिन्छन्। एक चियाचम्चा नुनमा सोडियमको मात्रा २३ सय २५ मिलिग्राम हुन्छ। कम सोडियमयुक्त ड्यास भोजनमा सोडियमको मात्रा दैनिक १५ सय मिलिग्राम मात्र हुन्छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
दैनिक भान्सामा प्रयोग हुने मेथी अत्यन्त उपयोगी - मेथीका फाईदै फाइदा
मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा...
मात्र यत्ति काम गर्नुहोस्, ६० वर्षसम्म कपाल फुल्दै फुल्दैन (चमत्कारिक घरेलु उपाय)
सेतो कपालका कारण चिन्तित अवस्थामा हुनुहुन्छ भने , आज हामी तपाईंलाई कपाललाई कालो बनाउने विधिबारे जानकारी दिन्छौं । यस विधिको...
गोलभेडा खानुको १० फाइदा :
बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । ...
फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौ गुण : जानी राखौ के- के कुरामा फाइदा गर्छ
तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा...