योग चिकित्सा र यसका वैज्ञानिक आधार

मङ्गलबार, २० भदौ २०७४

 

नसर्ने रोगको बिगबिगी सँगै वर्तमान समयमा योग चिकित्साको महत्व बढ्दै गएको छ । सामायन्तया शरीर भाँच्नु तथा छिटोछिटो सास तान्दै पेट हल्लाउनुलाई योग भनेर बुझ्ने चलन छ । तर यति मात्रै योग होइन यी त योगका केही सामान्य अभ्यासहरु मात्र हुन् । त्यसैले योगका बारेमा विस्तृत जानकारी हुनु आवश्यक छ ।

 

योग शब्दको अर्थ जोड्नु हुन्छ । आत्माको पर आत्मासँगको मेल वा जोडलाई योग भनिन्छ । महर्षि पतञ्जलिका अनुसार चिक्तवृक्ति निरोध तथा योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय नै योग हो । मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्चकोष भनिन्छ । तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष वा भौतिक शरीर, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष स्थूलदेखि सूक्ष्मसम्म पर्दछन् । स्थूलकोष क्रमशः सूक्ष्म कोषबाट नियन्त्रित हुन्छन् । आनन्दमय कोष, जो कारण शरीरको रुपमा रहेको हुन्छ, त्यसबाट नै क्रमश अरु स्थूलतर कोषहरु निर्मित तथा नियन्त्रित हुन्छन् ।

योग वशिष्ठका अनुसार दुई किसिमका रोग वा व्याघि हुन्छन् । आधिज र अनाधिज व्याधि ।

 

याे पनि पढ्नुहाेसः बाँझोपन हटाउनेदेखि क्यान्सर निको पार्नेसम्म ‘व्राम्ही’

 

आन्तरिक कारणले हुने रोगलाई आधिज व्याधि भनिन्छ भने बाहिरी चोटपटक, विषादि र जीवाणुका कारणले हुने रोगलाई अनाधिज व्याधि भनिन्छ । सम्पूर्ण अस्तित्व सत् चित् र आनन्द रुपी ब्रम्हबाट बनेको छ जसको सानो अंश हामी मनुष्य पनि हौ । तर हामी हाम्रा मनका विकारहरु, वेग वा वृत्तिहरुका कारणले हाम्रो स्वरुपमा स्थित छैनौं । यस्तो व्याधि आधिज व्याधि अन्तर्गतको सार व्याधि हो भने मनका कारण शरीरमा विभिन्न लक्षणहरु उत्पन्न हुनु सामान्य आधिज व्याधि हो । मनको अत्यधिक वेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगको प्रसव भनिन्छ भने रोग तथा मनका विकारहरुबाट मुक्त भई आफ्नो स्वरुप वा होशपूर्ण आनन्दमा फर्कनु प्रति प्रसव हो । यो नै योग चिकित्सा हो ।

 

योगचिकित्सा शारीरिक, मानसिक रोगका साथै जन्ममरणको बन्धनबाट मुक्त गराई आफू आफैमा स्थित हुने वा स्व मा स्थ हुने विधि हो ।

 

योगचिकित्साले मानव अस्तित्वका पञ्चकोषमा क्रमश अन्नमय देखि आनन्दमय कोष सम्मका विभिन्न तरिकाहरु उपयोग गर्दछ । आधुनिक चिकित्सा प्रमुख रुपमा भौतिक शरीरमा मात्र केन्द्रित छ भने योगचिकित्सा पञ्चकोषमा आधारित छ । अनाधिज व्याधिमा प्रमुख रुपमा आधुनिक चिकित्सा फलदायी छ भने आधिज व्याधिमा योगचिकित्सा फलदायी छ । त्यसैले दुवै चिकित्साको संयुुक्त उपयोग आवश्यक छ ।

अन्नमय कोषमा सात्विक आहार, आसन, क्रिया, मुद्राको प्रयोग गरिन्छ । प्राणमय कोशमा प्राणायामको प्रयोग गरिन्छ । मनोमय कोषका लागि भजन, कीर्तन, धारणा, ध्यान को प्रयोग गरिन्छ । त्यस्तै विज्ञानमय कोषमा यौगिक सल्लाह, चिन्तन, मनन तथा आनन्दमय कोषमा आनन्दका साथ कर्मफलको आशविनाको सेवा पर्दछन् ।

 

योग चिकित्सा प्रयोगको वैज्ञानिक तथ्य

योगले हाइपोथालामसमा भएको तृप्ति केन्द्र, सटाइटी सेन्टरमा प्रभाव पारी अनावश्यक भोजनमा नियन्त्रण गर्दछ । यसले मोटोपन घटाउन सहयोग गर्दछ ।

 

योगले रगतमा खराब बोसोको मात्रा कम गरी असल बोसोको मात्रा बढाउछ, जसले गर्दा रक्तनलीमा जमेको बोसो कम गर्दछ । यसबाट हृदयघात, मस्तिष्कघात तथा रक्तसंचारसम्बन्धी रोगहरुको नियन्त्रण तथा उपचार गर्न सकिन्छ ।
योगले मुटुका रक्तनली सागुरीएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा गर्दछ । कोरोनरी हार्ट डिजिजमा अमेरीकी चिकित्सक डिन अर्नेसले रिभर्सिङ्ग हार्ट प्रोग्राम प्रयोग गरी विना औषधि यौगिक चिकित्साको उपयोगिता प्रमाणित गरेका छन् । जुन हामी सबैका लागी उपयोगी छ ।

 

याे पनि पढ्नुहाेसः दिमागलाई तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी

 

योगले स्वतन्त्र नाडी संस्थान अन्र्तगतको सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा तनावलाई कम गर्दै विश्रान्ति दिन्छ ।

योगले भेगस नर्भको गतिविधि बढाई मुटु, श्वासको गति र पसिना कम गर्दछ ।

योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्न सहयोग गर्छ । क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथे।पी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुख, मानसिक तनाव, डिप्रेशन घटाइ जीवनस्तर सहज बनाउँछ ।

योगले सेरोटोनिन, गावा जस्ता स्नायु प्रणालीसग सम्बन्धित रसायन बढाइ मानसिक तनाव, डिपे्रशन जस्ता मानसिक रोगमा फाइदा गर्दछ ।

योगले मुड डिसर्डर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचार गर्न तथा उपचारमा प्रयोग भएका औषधिका दुष्प्रभाव कम गर्न सहयोग गर्र्दछ ।

योगले इन्सुलिनको निर्माण गर्न तथा इन्सुलिनको अवरोधलाई कम गरी रगतमा चिनिको मात्रा नियन्त्रण गर्दछ । यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

योगले मस्तिष्कको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्सलाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहयोग गर्दछ ।

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दूख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना, महिनावारी अनियमितता, बाझोपन तथा कब्जियत निर्मूल गर्दछ।

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिइ प्रतिरक्षा प्रणालीको अति प्रवृतिबाट उत्पन्न हुने एलर्जी तथा अटो इम्युन डिसर्डर कम गर्दछ । त्यसैले आमवात, एलर्जीक राइनाइटिस, मल्टिपल स्केलोरोसिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाइटिस, स्पोन्डाइलाइटिस आदि रोगमा फाइदा हुन्छ ।

 

 

याे पनि पढ्नुहाेसः एलोभेरा सेवनका फाईदा संगसंगै केहि वेफाईदा पनि छन्, जानि राख्नुहोस

 

 

योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोनिन जस्ता रसायन बनाइ खुशाी, प्रेम तथा आनन्द प्रदान गर्दछ ।
योगले धुम्रपान, मद्यपान तथा लागुपदार्थको सेवनको चाहना कम गर्र्छ तथा सेवनबाट उत्पन्न दुष्प्रभाव कम गरी कुलतबाट छुट्कारा दिलाउछ ।

योगले शरीरमा एन्टि अक्सिडेन्टको मात्रा बढाइ बुढ्यौली कम गर्दछ ।

योगले मनलाई शान्त पार्दै मस्तिष्कको क्रियाशिलता बढाउछ ।

योगले रोग तथा चोटपटक पछिको पुनस्थापनामा सहयोग गर्दछ ।

योगले स्ट्रेस हर्मोन, कोर्टिशलको मात्रा घटाइ तनाव कम गर्दछ ।

चिकित्सा क्षेत्रका विद्यार्थीमा गरिएको अनुसन्धान अनुसार योगले विद्याथीमा परीक्षा अगाडीको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउँछ ।

तसर्थ वर्तमान परिप्रेक्ष्यमा योग चिकित्सालाई चिकित्सामा चलिरहेका पद्धतिसग एकीकृत गरी रोग को नियन्त्रण तथा उपचार गर्दै मानवीय अस्तित्वको पूर्ण विकासको साधनका रुपमा प्रयोग गर्नु जरुरी छ । यसका लागि सम्बन्धित सबैले पहल गर्नु आवश्यक छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

न औषधी, न अप्रेशन, यसरी पनि हुन्छ रोगको निदान

जब टाउको दुख्छ, ज्वरो आउँछ, चोटपटक लाग्छ, बेचैन हुन्छ, चक्कर लाग्छ, झाडापखलाले समात्छ, हामी हत्तपत्त एलोपेथिक औषधी चपाइहाल्छौ । यसले...

मुटुको रोग छ ? त्यसो भए यसरी पिउनुहोस् पीपलको पातको रस

आर्युवेदमा पीपलको विशिष्ठ महत्व छ । पर्यवरणलाई शुद्ध राख्ने पीपल औषधिय गुणले भरिपूर्ण छ । त्यसैले पीपलको रुख पूज्य भएको...

दिमागलाई तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी

दिमाग शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो। दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कहिले कहिँ मानिसहरुको मध्यपान,...

नुहाको नुहाई गर्ने र चुकुल लगाए पनि नलागेको शंका भइरहने जस्ता अनौठा व्यवहार किन हुन्छ?

३० वर्षकी युवती हुन्। उनी बारम्बार टोलाइरहन्छिन्। उनको मनमा अनौठा सोचाइहरु आइरहन्छन्। जब उनी घरायसी काम गर्न खोज्छिन् तब अनौठा–अनौठा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको