यौन जिज्ञासा ! युवती हुँ ,यौनसम्पर्कको अति इच्छा हुन्छ तर …

बुधबार, २१ भदौ २०७४

यौन सम्पर्क राख्न डर लाग्छ

– डा. राजेन्द्र भद्रा

 

म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क गर्न अति इच्छा हुन्छ तर मैले कसैसँग पनि यौनसम्पर्क गरेकी छैन किनभने ममा चाहना भए पनि अर्को पुरुषसँग यौनसम्पर्क राख्ने सोच मात्र राख्दा पनि  एकदम डर लागेर आउने, मुटु कमजोर हुने, आत्मविश्वास हराउने आदि हुन्छ ।

त्यस्तो अवस्थामा ममा केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि घरवार जोड्न नसक्ने गरी मेरो  जीवन वरवाद भएको छ । पुरुषसँग सम्बन्ध राखेर पनि म कसरी निडर रहन तथा आत्मबल गुमाउनबाट जोगिन सक्छु ? किन कसैसँग यौनसम्पर्क राख्दा मानिस यति धेरै डराउँछ ? यो समस्या समाधान गर्न मैले के गर्न सक्छु ?

तपाईंले आफ्नो पहिलेको केटासँगको सम्बन्धका विषयमा सीमित जानकारी मात्र दिनुभएकाले तपाईंको अहिलेको समस्या त्यससँग सम्बन्धित छ कि छैन भन्न सकिने स्थिति भएन ।
याे पनि पढ्नुहाेसः  यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

 

यौन-सम्पर्कको भय
तपाईंलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन् जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । प्राकृतिक रूपमा जीवनयापन गर्दा यस्ता डरले जीवन सुरक्षाका लागि अमूल्य भूमिका खेल्छन् । यौनसम्पर्क राख्दा यौन साथी कस्तो पर्ला भन्ने डर, नचिनेको व्यक्तिसँग यौनसम्पर्क राख्दा यौन रोग लाग्ने डर वा कसैसँग यौनसम्पर्क राख्दा कसैले देख्ला कि भन्ने डर वा विवाह पूर्व यौनसम्पर्क राख्दा कसैले थाहा पाउला कि भन्ने डर लाग्छ ।

यी डर स्वाभाविक हुन् तर कतिपय स्थितिमा अस्वाभाविक रूपमै डर लाग्छ, जसलाई हामी भय भन्न सक्छौं । विशेष गरेर डर लाग्नु पर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभित हुन पुग्छ ।

डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्ति आफ्नो सोचकै भरमा अति नै भयभीत हुने स्थिति भने असामान्य हो, तपाईंलाई पनि यस्तै भएको देखिन्छ । छोटकरीमा भन्ने हो तपार्इंमा यौनेच्छा भए पनि यौनसम्पर्कको भयले सताएको छ । यौनसम्पर्क राख्न भयभित हुने परिस्थितिलाई चिकित्सा शास्त्रको भाषामा Genophobia वा Coitophobia भनिन्छ । चिकित्सा शास्त्रको भाषामा Geno को अर्थ ग्रीक भाषामा यसको को सन्तान (offspring) हुन्छ र त्यसैगरी ऋयष्तगक को अर्थ यौनसम्पर्क हुन्छ । एजयदष्ब शब्द भने ग्रीक भाषको उजयदयक बाट आएको शब्द हो जसको अर्थ भय हुन्छ । अहिले बोलिचालीको भाषामा यौन दमन भएका समाजका लागि पनि यो शब्द प्रयोग भएको पाइन्छ ।

याे पनि पढ्नुहाेसः  हप्तामा दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

Coitophobia को कारण के होला ?
तपाईंले आफ्नो पहिलो यौन अनुभव वा अनुभूतिका बारेमा खासै जानकारी दिनुभएको छैन त्यसैले पनि यस्तो तपाईंलाई किन भयो होला भनेर भन्न सकिने स्थिति छैन तर सामान्यतया: किन कुनै व्यक्तिमा यौनसम्पर्कको भय हुन्छ भन्ने सन्दर्भमा चर्चा गरौं ।]

यौन सम्पर्कको भय भएका व्यक्ति यौनसम्पर्कको सुरुवात गर्न खोज्दा वा यसको विचार मात्र आए पनि भयभित हुन्छन्, संत्रास (panic) बाट आक्रान्त हुने स्थिती आउँछ । तपाईंका कतिपय लक्षण डर लागेर आउने होस् वा मुटु कमजोर भएकाले होस् यो स्थितीसंग सम्बन्धित भए जस्तो देखिन्छ ।

पहिले कुनै यौन आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण भएको पाइन्छ । यौनशोषणमा पर्नु, अनिच्छाका बावजुद यौन संवेदनशील अंगको स्पर्श, मर्दन वा छेडछाड (sexual molestation) भोगेको, बलात्कारको शिकार भएको वा कलिलो उमेरमै भयानक किसिमको यौन घटनाको प्रत्यदर्शी भएको जस्ता घटनाको अमिट छाप पछिसम्म परेको स्थितिमा यस्तो स्थितिको कारकका रूपमा लिन सकिन्छ । अर्का तिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको मानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् जसले गर्दा यस्तो स्थिति आइपर्न सक्छ ।

याे पनि पढ्नुहाेसः  सेक्स क्षमता कमजोर भएका पीडितहरुलाई खुसीको खबर


समाधान के होला ?
तपाईंले पहिले भोग्नुभएको कुनै अप्रिय घटनाका सम्बन्धमा केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भएन तै पनि यौनसम्पर्कको भयलाई कसरी कम गर्न सकिएला भनेर चर्चा गर्दैछु । आध्याँरोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान तर धेरै ले यौन सम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ किनभने यौनसम्पर्क राख्न सबैजसो नै लालायित हुन्छन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर यो व्यक्तिअनुसार फरक–फरक हुनसक्छ ।

तपाईंलाई थाहा भएकै कुरा हो कि कारणअनुसार यसको उपचार गर्नुपर्ने हुन्छ । तपाईंमा भएको यस प्रकारको भयको जडसम्म पुग्न आवश्यक छ । तपाईंले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनु पर्ने हुन्छ । कतिपय स्थितिमा आफैंले आफ्नो स्थिति केलाउन सजिलो नहुन सक्छ ।

याे पनि पढ्नुहाेसः  महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि (सेक्स सम्बन्धी अनौठा तथ्य)

 

त्यसका लागि तपाईंले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । यो पक्कै हो कि यस्ता किसिमका समस्या समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ तर तपाईं आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ ।

तपाईंको यौन जीवनमा साथ दिने कोही न कोही व्यक्ति पक्कै आउनेछ अनि कतिपय स्थितिमा उ पनि तपाईंको समस्या कम गर्न सहयोगी हुनसक्छ । साप्ताहिकबाट । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौनसम्पर्क गर्ने बेला महिलाहरु किन बन्द गर्छन् त आँखा ? जानी राखौ !!

यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् । यसैक्रममा...

स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्न : घाइतेको उपचार नगर्ने अस्पताललाई के कारबाही हुन्छ ?

पोखराको चर्चित अस्पताल मणिपालले शनिबार मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइतेको उपचार गर्न अटेर गरेको छ।

महिलाहरुको यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा : जानी राखौ

यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने...

बच्चा जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ?जानी राखौ

बच्चा जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ? जानी राखौशिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क...

प्रश्न : म १९ वर्षीया युवती हुँ । मेरो नौ महिनाको छोरा छ । एक महिनादेखि मेरो योनिबाट सेतो पानी बग्छ । यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला , के यौनसम्पर्कले यस्तो भएको हो ?

सानै उमेरमा विवाह आमा बन्नु आफैंमा नारी यौनिकताको एउटा उत्कृष्ट अभिव्यक्ति हो । त्यसैगरी कसैको पिता हुनु पनि उसको यौनिकताको...

मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानी राखौ

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका...

गर्भावस्थामा महिलामा देखिन सक्ने लक्षण र समस्या यस्ता हुन्छन – जानी राखौ

गर्भवती भइसकेपछि शुरुका केही महिना सबै महिलामा बान्ता आउने र वाकवाकी लाग्ने हुन्छ । बच्चा पेटमा बसेपछि महिलाको शरीरमा विशेष...

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?

म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको