युवायुवतीलाई भूमिको सन्देश- सेक्ससँग जोडिएको फोहोर हटाउनुपर्छ

शनिबार, २४ भदौ २०७४

 बलिउड अभिनेत्री भूमि पेडनेकरले विवाहअगाडिको शारीरिक सम्पर्कबारे रमाइलो खुलासा गरेकी छन् । उनी भन्छिन्, ‘आजकल प्राय सबै बन्द कोठाभित्र यो काम गर्छन् । यो कुनै ठूलो कुरा होइन । विवाहअगाडिको यौन सम्पर्कलाई हामी लुकाउँछौं, यसलाई रहस्यमय हौवा बनाएर राख्छौं ।’

उनी अगाडि भन्छिन्, ‘आजकलका युवायुवतीलाई करिअरबाहेक अरु कुनै चिन्ता र चासोले सताउँछ भने त्यो यस्तै सम्बन्ध नै हो ।’ भूमिले नयाँ पुस्तालाई सन्देशमुलक अभिव्यक्ति दिएकी छन् जसले ढोंगको मकुन्डो उतार्न सघाउँछ । उनी भन्छिन्, ‘आजका युवा आफ्ना समस्याहरुको फिल्म हेरेर समाधान खोज्न खोज्छन् । कतिपयले त आफ्नो प्रिय फिल्म स्टारको जीवनबाट सिक्न खोज्छन् ।’

शुक्रबार आयोजित कार्यक्रममा उनले विवाह अगाडि शारीरिक सम्पर्क राखेका जोडीहरुलाई उपयोगी टिप्सहरु पनि दिइन् ।
‘टॉयलेट एक प्रेम कथा’ र ‘जोर लगा के हाइशा’ बाट चर्चित बनेकी भूमिलाई प्रश्न थियो- बिना सेक्स पनि रहन सकिन्छ नि विवाहअघि ? उनको जवाफ थियो, ‘सेक्स शब्दलाई हामी नकरात्मक रुपमा लिन्छौं । प्रायः युवतीहरुलाई विपरित लिंगीबाट बच र केटा र केटी साथी हुन सक्दैनन् भनेर सिकाइन्छ, डराउने बनाइन्छ ।’

उनले नयाँ पुस्ता एउटा प्रगतिशील समाजमा रहेको भन्दै समाज बदलिरहेको स्पष्ट पारिन् । सेक्स शब्दसँग जोडिएको फोहोरलाई हटाउनुपर्नेमा उनले जोड दिइन् । भूमिलाई सबैलाई यौन शिक्षा दिनुपर्छ भन्नेमा दृढ छिन् ।

बलियो सम्बन्धको आधार ५०-५० प्रतिशत शारीरिक र भावनात्मक सम्बन्ध

-अहिलेसम्म खेलेका तीन चलचित्रमा उनले सम्बन्धका फरक फरक कोणसँग जोडिएर अभिनय गरेकी छन् । चलचित्र र निजी जीवनको अनुभवको आधारमा उनले निर्भयका साथ भनिन्,’कुनै पनि सम्बन्धको सफलताको आधार भावना र अनुभूति मात्र हुँदैन, पूर्ण सम्बन्ध ५०-५० प्रतिशत शारीरिक र भावनात्मक सम्बन्धमा आधारित हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको