बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

आइतबार, २५ भदौ २०७४

 

विश्व कीर्तिमान राख्ने काइदा पनि थरी–थरीका हुन्छन् । दक्षिण–पश्चिमी जर्मनीमा एक व्यक्तिले बियरका गिलास बोक्ने विषयमा कीर्तिमान कायम गरे ।

 

अक्टोबरफेस्ट नामक विश्वको सबैभन्दा भव्य बियर महोत्सव समेतको आयोजना हुने बाभारियाका ओलिभर स्ट्रुम्फेल नामक व्यक्तिले बियर भरिएका ३१ वटा गिलास एकसाथ दुईवटा हातले उठाए र ४० मिनेट परसम्म हिँडेर र गिलास एकसाथ भुइँमा राखे । तर यसरी भुइँमा राख्ने क्रममा २ वटा गिलास खसे । जसका कारण विश्वकीर्तिमान चाहिँ जम्मा २९ वटा गिलासको रहेको छ । बियर भरिएका ती गिलासको जम्माजम्मी तौल ६९ किलो थियो ।

 

यस्तो कीर्तिमानी कार्य उनले सानो मेहेनतले गरेका होइनन् । उनले आइतबारको उक्त कीर्तिमानी कार्यका लागि फेब्रुअरी महिनादेखि हरेक हप्ता ३–४ पटकसम्म अभ्यास गर्दथे ।

आफूले बियरका बोतल लिएर ४० सेकेण्डजति हिँड्दा आफूलाई २ सय घन्टा हिँडेजस्तो महसुस भएको उनले बताए ।

स्मरण रहोस् उनै व्यक्तिले सन् २०१४ मा २५ वटा बियर भरिएका बोतल यसरी उठाएर कीर्तिमान कायम गरेका थिए र अहिले आफ्नो सोही कीर्तिमान भंग गरेका हुन् ।

एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको