गुप्ताङ्गको रौं खौरिनेहरुलाई यौनरोग संक्रमणको सम्भावना ज्यादा हुने

सोमबार, ०३ माघ २०७३

 

एजेन्सी । गुप्ताङ्गको रौं खौरिएर वा हटाएर तपाईं आफ्नो आफुलाई सफासुग्घर भएको महशुस गर्नुहुन्छ होला तर, त्यो होइन गुप्ताङ्गको रौं नहुँदा त्यहाँ सेक्सुअली ट्रान्समिटेड डिजिज अर्थात यौनक्रियामार्फत सर्ने संक्रमणजन्य रोगको सम्भावना ज्यादा हुने अध्ययनले देखाएको छ । 

 

हालै भएको एउटा अध्ययनमा १८ देखि ६५ वर्षबीचका ७ हजार ५ सय भन्दा बढी अमेरिकीहरुमा गरिएको सर्वेक्षणमा गुप्ताङ्गको रौं हटाउने महिला वा पुरुषलाई यौनसंक्रमणजन्य रोग हुने सम्भावना ८० प्रतिशतसम्म ज्यादा हुने दावी गरेको हो । 

 

यद्यपी अध्ययनका शोधकर्ताहरुले गुप्ताङ्ग सेविङ्ग गर्नु र यौनसंक्रमणबीचको कुनै सम्बन्ध स्थापीत गर्न सकेका छैनन् । तर उनीहरुले गुप्ताङ्गको रौं खोरिँदा वा हटाउँदा त्यहाँको छाला चिरिन सक्ने जसका कारण संक्रमणको जीवाणु सहजै यौनाङ्ग भित्रसम्म पुग्ने तर्क गरेका छन् । 

 

सेभ गर्न एउटै ब्लेडको प्रयोग गरेका दुईजनालाई एचआइभी सरेको तथ्यलाई अघि सार्दै अध्ययनले सेभिङ्ग गर्ने सामाग्री दुई वा धेरैले एउटै प्रयोग नगर्नपनि सूचित गरेको छ । 
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको