सडकमा मान्छेको मासु बेच्न थालेपछि…

सोमबार, २६ भदौ २०७४

 

एजेन्सी – जनावरमाथिको भेदभावको विरोधमा बेलायतको राजधानी लण्डनमा अनौठो शैलीमा विरोध गरिएको छ । जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका हुन् ।

 

मानिसहरु व्यस्त भएको समयमा सडकमा बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो । केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न अपील गरिरहेका थिए । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको