यौन सम्बन्धी केही रोचक तथ्यहरु, जुन तपाईलाई पत्याउनै गाह्रो लाग्न सक्छ

बुधबार, २८ भदौ २०७४

 

दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् ।

 

तपाईलाई लाग्ला, मैले सेक्सको बारेमा सबै कुरा जानेको छु-बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, सेक्स सम्बन्धी केही यस्ता रोचक तथ्यहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्यहरु थाहा नपाइरहेका हुनसक्छौं । आउनुहोस्, सेक्ससँग जोडिएका १७ रोचक यथार्थहरु थाहा पाऔं :

कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु यौन उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किनपनि हुन्छ भने पुरुषलाई आफ्नो यौनसाथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ ।

यौन सम्पर्कको क्रममा जब पुरुषको विर्य स्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टा हुन्छ । अहिलेसम्म १०० मिटरको विश्व रेकर्ड २२.९ माइल प्रतिघन्टाको मात्र छ ।

५ प्रतिशत पुरुष दिनमा मात्र एक पटक यौन सम्पर्क गर्दछन् । २० प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक यौन सम्पर्क गर्दछन् ।

सेक्सको क्रममा पुरुषको लिंग र महिलाको स्तनको आकारमा वृद्धि हुन्छ । यससँगै नाकको भित्री भाग पनि सेक्सको क्रममा फुल्दछ ।

२०१२ को लण्डन ओलम्पिक खेल १७ दिनसम्म चलेको थियो । यसमा भाग लिने खेलाडीलाई १ लाख ५० हजार कन्डोम निशुल्क वितरण गरिएको थियो । यसको औसम हिसाब हुन्छ, प्रति खेडाली १५–१५ वटा कन्डोम बाँडिएको थियो ।

२००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका थिए । शिलालेखमा लेखिएको श्राप थियो– ‘यौन सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।’

जर्मन भाषामा गर्भनिरोधक शब्दलाई यति लामो र अप्ठेरो शब्दमा भनिन्छ कि तपाईंले त्यसलाई कण्ठस्थ सुनाउन मुस्किल हुन्छ ।

यौन सम्पर्कको बेला स्तनको आकार २५ प्रतिशतभन्दा बढी बढ्दछ ।

युरोपमा प्रत्येक १० मध्ये १ बच्चा आइकिया कम्पनीको ओछ्यानमा यौन सम्पर्क गर्ने मातापिताका कारण जन्मन्छन् ।
एक चम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ । तर यसको अर्थ तपाई त्यसलाई खानुहोस् भन्ने होइन ।
विश्वमा इन्टरनेटमा खर्च हुने समयको आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छन् ।
पहिलाका मानिसहरु विर्यको प्रयोग मसीको रुपमा गर्दथे । यसले लेखेको सजिलैसँग देखिँदैनथ्यो । यसबाट लेखिएको अक्षर पढ्न छुट्टै तरिका हुनेगर्दथ्यो । तर यसबाट छुट्टै गन्ध आउने त तपाईंलाई थाहा नै होला ।
सेक्सले तपाईंलाई आनन्द मात्रै दिँदैन । वास्तवमा यसबाट दुःखाई सहने तपाईंको क्षमता पनि बिस्तार हुन्छ ।यदि यौनसम्बन्धी कम्प्युटर तथ्यांक मान्ने हो भने एकजना पुरुष एकपटकमा आफ्नो विर्यद्वारा १ लाख ५८ हजार ८ सय ७५ जिबीसम्म डिएनए सूचना दिन्छ । यसमा यतिधेरै दम हुन्छ भन्ने तपाईंले सोच्नुभएको थियो ?
मादा फेरेट (नेवेल जातिकाका एक जनावर) ले एक वर्षसम्म यौनसम्पर्क गर्न पाएन भने मर्दछ ।
विर्य स्खलनपछि कमजोर भएर सुत्नुहुन्छ तर तपाईंको विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको