सपनामा सेक्स गरेको देख्नु हुन्छ ? कस्ता व्यक्तिसँगको सेक्सले के अर्थ दिन्छ ?

शनिबार, ३१ भदौ २०७४

 

सपना सबैले देख्छन् । धुव्रसत्य कुरा हो । सपनाको बारेमा विभिन्न किवदन्तीहरु पनि छन् । सेक्स सम्बन्धी सपना युवास्थामा धेरै देखिने गर्छ । त्यसैको फस्वरुप स्वप्नादोष हुने गर्छ । सपनामा कस्तो व्यक्तिसँग सेक्स गर्दा के अर्थ लाग्छ भन्ने सबैको चासोको विषय होला । जान्नु होस् सेक्ससंग जोडिएको पाँच सपनाका बारेमा । कस्तो सेक्स सपनाको के अर्थ हुन्छ ।

 

पार्टनरसंगका सेक्स

यदि तपाईँ सपनामा पतिपत्नी वा ब्वाइफ्रेण्ड गलफ्रृण्डका साथ सम्भोग गरेको सपना देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।

पहिलो, तपाईँहरूको सम्बन्ध एकदमै राम्रो छ ।
दोस्रो, तपाईँ आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईँ चाहनुहुन्छ ।
सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोसिस गर्नुपर्दछ ।

 

पूर्व ब्वाइफ्रेण्ड वा गर्लफ्रेण्डसँग

यदि तपाईँ आफ्ना पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पुरानो प्रेमी प्रेमिकासँग तपाईँको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्ला । हुन सक्छ, तपाईँले आफ्नो नयाँ पार्टनरसँग पुरानो पार्टनरको तुलना गरिरहनुभएको छ । यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईँको अवचेतन मनले कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर ।

 

मन परेको व्यक्तिसँग

यदि तपाईँले कुनै मनपर्ने सेलिव्रिटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो या तपाईँ आफ्नो पार्टनरमा सेलिव्रिटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईँ उक्त ब्याक्तिको सफलतामा आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ ।

 

समलिङ्गीसँग

यदि तपाईँले समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउँदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाईँ सेक्समा प्रस्ट ‘स्टे्रट’ हुनुहुन्न । यदि तपाईँ पुरुष हुनुहुन्छ र तपाईँले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईँको भ्रम मात्र हो ।

यदि यस्तो खालको सपना तपाईँ बारम्बार देख्नुहुन्छ वा तपाईँलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो तपाईँले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईँले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ तपाईँको पार्टनरले तपाईप्रति अरू केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ ।

 

 

आफ्नो पार्टनरलाई धोका

यदि तपाईँ सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईँको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईँका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।

यो सपना त्यति बेला आउँछ, जतिबेला तपाईँको रिलेशनमा कोही ठुलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईँ आफ्नो जीवनमा हुने ठुलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईँ भविष्यमा हुने घटनाको व्यवस्थापन कसरी गर्ने ?

यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईँ तपाईँको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन । र, तपाईँको पार्टनरका साथ इमोशन बिल्डिङ जरुरी छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको