यस्ता छन् ‘ह्याप्पी कपल’ ले बेडमा जानुअघि गर्ने सात कुराहरु

बुधबार, ०४ असोज २०७४

 

एजेन्सी । शारीरिक सम्बन्ध हुँदैमा सजिलै कसैलाई सुखी दम्पती भन्न मिल्दैन । यस्ता धेरै कुराहरु छन् जुन कुनै पनि सुखी र खुशी र दम्पतीहरुले सेक्सअघि अपनाउने गर्छन्  । रोमान्स भन्नेवित्तिकै ओच्छ्यानमा लुटपुटिनुलाई लिने गर्छन् मानिसहरु । तर, रोमान्सका तरिकाहरु धेरै छन् । सम्बन्धमा अझ निखार ल्याउनका लागि केही महिलाहरुले दिएका रात्रकालिन व्यवहारहका सुझावहरु यस्ता छन् ।

 

एकअर्कालाई ‘ट्रिट’ दिनुहोस् — बेलुकीको समयमा सधैँजसो हामीले एकअर्कालाई आइसक्रिम या दही खुवाउने गर्छौं । दुइजनामा एकजना गएर ती खानेकुरा ल्याएर सर्पराइज दिन्छौैँ । दुवैजना सोफामा बसेर इन्जोय गरेर खान्छौँ । विवाह गरेको २० वर्ष भइसकेपनि यस्ता साना साना कुराले सम्बन्धमा धेरै फरक पारिरहेका छन् हाम्रो जीवनमा ।

कतै घुम्न निस्किनुहोस — हामी सकेसम्म साँझको समय एकअर्कासँग बिताउँछौ । हामी घरमा सँगै काम गर्छाैं र ४५ मिनेट वाक गर्ने गर्छौं । रोमान्समा यसले थप इन्जोयमेन्ट दिन्छ ।

शारीरिक सम्बन्ध राख्नुहोस् — यदि हामीबीच हप्तादिनसम्म शारिरीक सम्बन्ध भएको छैन भने हामी दुवैले त्यसको लागि समय मिलाउँछौ । किनभने धेरै दिनसम्म शारिरीक सम्बन्धबाट टाढा रहँदा यसले दुईजनाबीचको सम्बन्धलाई धरापमा पार्न सक्छ ।

किचेनमा दुईजना केही समय बिताउनुस् — हरेक रात हामी खाना बनाउँछौ । कुनै एकजनाले बनाएपनि एकले भने अर्कोलाई खाना बनाउने समयमा साथ दिन्थ्यौँ । यसरी किचेनमा सँगै समय बिताउनुले पनि साँझको रोमान्टिक सुरुवातमा मद्दत पुर्याउँछ ।

सँगै बसेर टेलिभिजन हेर्नुहोस् — रातको समयमा दुइजनासँगै बसेर टिभी हेर्दा पनि एकअर्काबीचको सामिप्यतालाई बढाउँछ ।

‘पिलो टक’ लाई अर्थपूर्ण बनाउनुहोस् — विशेषगरि हामीले बेडमा एक अर्कासँग गर्ने कुराकानी अर्थपूर्ण हुन्छ । हामी दिनमा भएका राम्रा कुरा गरेर त्यसप्रति आभारी हुँदै एकअर्काको हात समातेर निदाउँछौ । 

रातको समयमा बाहिर घुम्न जानुहोस् — मैले विवाहपछि जाने दैनिक रुपको ‘डेट नाइट्स’ बारे कहिल्यै बुझेको थिइन । त्यसबारे अहिले बुझ्दै छु । बाहिर निस्किदा एकअर्काबीच हुने कुराकानीलाई गहिरो बनाउँछ जुन घरमा बसेर गर्दा हुँदैन । मलाई मेरो श्रीमानसँग बसेर डिनर गर्न मन लाग्छ । तर, घरमा बसेर हतारमा खाएर खाएका भाँडा सफा गर्नतिर लाग्नु भन्दा पनि कुनै रेष्टुरेन्टमा गएर खानालाई ‘इन्जोय’ गर्नुमा धेरै फरक हुन्छ । बेलाबेलामा गरिने यस्ता चिजले विवाहको सम्बन्धलाई स्वस्थ राख्छ ।  


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको