विर्य स्खलनलगत्तै पुनः सेक्स गर्दा गर्भ नरहन के गर्ने ?

बिहिबार, ०५ असोज २०७४

 

काठमाडौं । केटा मानिसमा विर्य स्खलनपछि लगत्तै पुनः शारीरिक सम्बन्ध राख्ने रुची हुनसक्छ । तर, यसो गर्दा महिलामा गर्भ रहन सक्छ कि सक्दैन भन्ने तपाईंलाई लाग्न सक्छ ।

 

हो, यस्तो स्थितिमा विर्य स्खलनअघि आउने रसमा पनि शुक्रकिट हुन सक्छ भन्ने कुरा बिर्सिनु हुँदैन । पहिलो सेक्स लगत्तै पुनः सेक्स सम्बन्ध राख्दा मुत्रनलीमा शुक्रकिट रहने सम्भावना अत्याधिक हुन्छ । जसले गर्दा गर्भ बस्ने सम्भावना अधिक हुन्छ । त्यसैले पहिला लिंगलाई पानीले राम्रोसँग सफा गर्नुपर्छ । यसको कारण लिंगमा शुक्रकिट हुन दिनु हुन्न ।

 

यस्तै पहिलो सेक्सलगत्तै पिसाव फेर्नुपर्छ । विर्य स्खलनपछि पिसाव फेर्दा मुत्रनलीमा भएका शुक्रकिट पखालिन्छ । जसले गर्दा गर्भ रहने सम्भावना हुँदैन ।

 

यसमा महिलाको महिनावारी चक्रको पनि विशेष अर्थ हुन्छ । महिलाको डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना अधिक हुन्छ । महिनावारी हुने वा भएको बेलातिर भए न्युन हुन्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको