एटीएमबाट रकम चोरी गर्ने अनौठो काइदा, जसले सिकायो उही सिकार

आइतबार, ०९ माघ २०७३

 

उपत्यकाका विभिन्न बैंकका एटीएम कार्डबाट रकम चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिल्लीका ३३ वर्षका निरञ्जन मेहता र चण्डीगढका २३ वर्षका ईत्तेदार खान छन् ।

 

पीडितहरुको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले मेहता र खानलाई पक्राउ गरेको हो । सीसीटीभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा एटीएम बुथ आसपासका क्षेत्रमा शंकास्पद गतिविधि गरेको देखेपछि पिछा गर्दा उनीहरु ठमेलस्थित होटल ईसीओ २००० मा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।

 

उनीहरुको कोठाबाट विभिन्न बैंकका एटीएम कार्डका साथै नगद समेत बरामद भएको छ ।

 

 

कसरी गरे चोरी ?

प्रहरीका अनुसार उनीहरु दुबै विहानै एटीएम बुथहरुमा पुग्थे । इत्तेदार एटीएम बुथ बाहिर निगरानी गर्थे भने निरञ्जन हातमा कार्ड बोकेर रकम निकाल्ने बाहानामा एटीएम बुथमा छिर्थे र कार्डबाट ‘मेरो त पैसा निस्किएन, तपाईको निस्कियो ?’ भनेर हिन्दीमा सोध्थे ।

 

उनी सिकाइदिन आग्रह गर्थे । र, जसले उनीहरुलाई सिकाईदिन्थे, उनीहरु मेहता र खानको शिकार बन्थे । उनीहरुलाई रकम निकाल्न सिकाउने थोरै रकम निकालेपछि Do you need more time ? भन्ने बटम दबाएर वा कतिपय बेला इन्टरनेट स्लो भएर Do you want to continue ? भन्ने अप्सन आएको बेला Yes बटम दबाएर रकम निकाल्थे ।

 

चोरीको रकम क्यासिनोमा स्वाहा

मेहता र खानले एटीएम कार्ड चोरीबाट निकालेको रकम क्यासिनो तथा होटलहरुमा खर्च गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न सरसामान पनि किन्ने गरेको पाइएको छ ।

 

उनीहरु झण्डै एक महिनादेखि यस्तो चोरीमा संलग्न भएको आशंका गरिएको छ । सीआईबीका अनुसार उनीहरुले २० स्थानका एटीएमबाट करिव ६ लाख बढी रकम चोरी गरेका छन् । र, एटीएमलाई ‘माई गड फादर’ भन्ने गरेका छन् 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको