हलेदो र अदुवा : सुन्दरतादेखि रोग निको पार्नेसम्म

मङ्गलबार, १९ मङि्सर २०७४

 
मौसम परिवर्तन भएसँगै रोगहरुको खतरा पनि बढ्न थाल्छ । ज्वरो, सर्दी–खोकी, शरीर दुख्ने, खाना अपच हुने, वान्ता हुने जस्ता रोग सामान्य हो । यस अवस्थामा तपाईको भान्छामा केहि यस्ता सामानहरु हुन्छ, जुन औषधि भन्दा कम हुन्न र त्यो हो बेसार र अदुवा । बेसार र अदुवालाई आयुर्वेदमा पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । 'हलेदो र अदुवा' को आयुर्वेदमा पनि निकै नै महत्व छ । गुणै गुणले भरिपूर्ण बेसार सुन्दरता बढाउनका लागि हामीले बेसारको प्रयोग गर्ने गर्छौ तर वेसार हाम्रो शरीरमा हुने विभिन्न रोगहरुका लागि रामवाण हुन्छ ।
 
१. बेसारमा करक्यूमिन नामक रासायन पाईन्छ , जुन औषधिको काम गर्छ र यसले शरीर सुन्निने समस्यालाई कम गर्नमा मद्दत गर्छ ।
 
२. विहानै उठेर मनतातो पानीमा बेसार मिसाएर पिउनाले दिमागको लागि राम्रो हुन्छ । ३. बेसार एक शक्तिबर्धक एन्टीअक्सीडेन्ट हो जसले क्यान्सर बढाउने कोषहरु सँग लड्ने गर्छ । ४. अध्ययनका अनुसार बेसार नियमित खानामा राखि सेवन गर्नाले पित्त धेरै बन्ने र खाना सजिलै पचाउनमा मद्दत गर्छ ।
 
५. बेसार हालेको पानी पिउनाले रगत जम्दैन र रगत सफा गर्नमा पनि यसले मद्दत गर्छ ।
 
६. बेसार जलनरहित, एन्टीफँंगल, एन्टीव्याक्टेरियल र एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ । रोगहरुलाई निको पार्ने एक औषधि अदुवा अदुवाको काम चियाको स्वाद बढाउनु मात्रै होईन, यसको प्रयोग विभिन्न रोगहरुमा पनि गर्न सकिन्छ । अदुवामा भिटामिन ए, सी, ई र बि–कम्प्लेक्स पाईन्छ । साथै यसमा म्याग्नेशियम, फस्फोरस, आइरन, जिंक, क्याल्शियम र बीटा–क्यारोटीन पनि पर्याप्त मात्रामा पाईन्छ ।
 
चियामा अदुवाको प्रयोगले हुन्छ यस्ता फाइदा :
 
१. चियामा अदुवाको प्रयोगले रक्त सञ्चालनमा गति आउँछ ।
 
२. यसले शरीर र टाउको दुखाईमा राहत दिलाउँने काम गर्छ ।
 
३. महिनावारीको समय हुने दुखाईमा पनि राहत हुन्छ ।
 
४. यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउनमा मद्दत गर्छ ।
 
५. श्वास सम्बन्धि रोगमा पनि फाइदा हुन्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको