यस्ता छन् मरिचका फाइदा

बुधबार, १२ माघ २०७३

 

स्वास्थ्य न्युज -

 

कालो मरिच खानमा स्वादिलो हुन्छ यसलाई हामीले चिया, तरकारी तथा अन्य बिबिध परिकारमा मिसाएर खाने गरिन्छ । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

 

मरिचको सेवन गर्नाले दाँत तथा पेटको दुखाई कम गर्न सहयोग गर्छ । मरिचमा हुने एन्टीब्याक्टोरियलले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । यसलाई गुण तथा भेलीमा मिलाएर खानाले भोक जाग्नमा मद्दत गर्छ ।

 

मरिचको नियमित सेवन गर्नाले शरीरको तौल कम गर्नुका साथै कब्जियत तथा ग्याँस्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने क्षमता हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको