नेपालका ५१ प्रतिशत महिलाले गर्छन् १८ वर्ष भन्दा कम उमेरमै सेक्स

मङ्गलबार, २५ पुष २०७४

 

काठमाडौं । आधा भन्दा बढी नेपाली महिलाले १८ वर्षअघि नै सहवास गर्ने गरेको पाइएको छ । नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ५१ प्रतिशत महिलाहरुले १८ वर्षअघि नै पहिलोपल्ट यौन सम्पर्क गर्ने गरेका छन्।

शिक्षा नपाएकाहरुले १६.९ वर्षमा र एसएलसी वा त्यो भन्दा बढी पढेकाहरुले २१.४ वर्षमा पहिलोपल्ट यौन सम्पर्क राख्ने उल्लेख छ । यसमा पनि ११ प्रतिशत महिलाहरुले १५ वर्षको उमेर अघि नै यौन सम्पर्क राखिसक्ने बताइएको छ।

औसतमा महिलाहरुले विवाह हुने गरेकै उमेर अर्थात् १७.९ वर्षमा यौन सम्पर्क राख्ने गरेको देखिएको छ भने पुरुषले विवाह हुनु केही वर्षअघि अर्थात् २०.५ वर्षमा यौन सम्पर्क राख्ने गरेको उल्लेख छ । औसतमा पुरुषले २१.७ वर्षमा विवाह गर्ने गरेका छन्।

नेपालका ५२ प्रतिशत महिलाले १८ वर्षको उमेरमा विवाह गरिसक्ने सर्वेक्षणले दर्शाएको छ । तर, १८ वर्षमै विवाह गरिसक्ने पुरुष भने १९ प्रतिशत मात्रै छन् ।

 

आधा भन्दा बढी नेपाली महिलाले १८ वर्षअघि नै सहवास गर्ने गरेको पाइएको छ । नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ५१ प्रतिशत महिलाहरुले १८ वर्षअघि नै पहिलोपल्ट यौन सम्पर्क गर्ने गरेका छन्।

शिक्षा नपाएकाहरुले १६.९ वर्षमा र एसएलसी वा त्यो भन्दा बढी पढेकाहरुले २१.४ वर्षमा पहिलोपल्ट यौन सम्पर्क राख्ने उल्लेख छ । यसमा पनि ११ प्रतिशत महिलाहरुले १५ वर्षको उमेर अघि नै यौन सम्पर्क राखिसक्ने बताइएको छ।

 

औसतमा महिलाहरुले विवाह हुने गरेकै उमेर अर्थात् १७.९ वर्षमा यौन सम्पर्क राख्ने गरेको देखिएको छ भने पुरुषले विवाह हुनु केही वर्षअघि अर्थात् २०.५ वर्षमा यौन सम्पर्क राख्ने गरेको उल्लेख छ । औसतमा पुरुषले २१.७ वर्षमा विवाह गर्ने गरेका छन्।

नेपालका ५२ प्रतिशत महिलाले १८ वर्षको उमेरमा विवाह गरिसक्ने सर्वेक्षणले दर्शाएको छ । तर, १८ वर्षमै विवाह गरिसक्ने पुरुष भने १९ प्रतिशत मात्रै छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको