रजस्वला भएको बेला यौन सम्बन्ध राख्नु कतिको ठिक छ, यसो भन्छ अध्ययन

शनिबार, २० माघ २०७४


रजस्वला भएको बेला यौन सम्बन्ध राख्नु कतिको ठिक छ !

यसो भन्छ अध्ययन


विस्तारामा पल्टिनेबितिक्कै म आफूलाई सुख र सन्तुष्टिको श्वास फेरिरहेकी पाउँछु । यो सुख र सन्तुष्टि मैले केटा साथी (ब्वाईफ्रेन्ड)सँगको राम्रो यौन सम्बन्धका कारण प्राप्त गरेकी हुँ। म ब्वाईफ्रेन्डको धेरै नजिक भएको पाउँछु। ऊसँग मेरो एक अनौठो बन्धन छ, जुन छुट्नै सक्दैन।

 

ऊसँग हुनुको जुन सन्तुष्टि छ, त्यो म स्पष्टसँग महसुस गर्न सक्छु। ऊसँगका हरेक पल याद गर्दा म निःशब्द हुन्छु। हामी ६ महिनासम्म सँगसँगै रह्‍यौँ। साप्ताहिक बिदाको दिनका हरेक पल हामी साथमै रहन्थ्यौँ। ती क्षण सधैँ साथ रहनेछन् लाग्छ। जस्तै, तपाईं हनिमुनको बेलाको यौन सम्बन्धको सन्तुष्टि कल्पना गर्न सक्नुहुन्छ।

 

यहाँ एक यस्तो कुरा बताउन गइरहेकी छु, जसका बारेमा सोच्न सक्नुहुन्न। रजश्वला भएको बेला धेरै गाह्रो महसुस हुन्छ। तर, रजश्वला भएको बेला गरिने यौन सम्बन्धलाई लिएर मैले कहिल्यै पनि असहज महसुस गरिनँ। २० देखि २९ वर्षको उमेरमा मैले महिनाको एक हप्ता यौन सम्बन्ध राख्नबाट रोके। यसभन्दा पहिले, १० वर्षको उमेरमा मेरो पहिलो ब्वाईफ्रेन्ड यौन सम्बन्ध राख्न आतुर हुन्थ्यो। तर, मेरालागि त्यति सहज थिएन। अहिले म सन् २०१८ मा छु र दृढताका साथ रजश्वला भएको बेला यौन सम्बन्ध राख्नेबारे वकालत गर्ने पक्षमा खडा भएकी छु।

 

बढ्दो उमेर र आत्मविश्वासका कारण यौन सम्बन्धबाट के चाहन्छु भन्ने सोध्नमा कुनै हिचकिचाहट छैन। के भन्छन् वैज्ञानिक अध्ययनहरूरु मलाई विस्तारै(विस्तारै के थाहा भयो भने म धेरै यौन सम्बन्ध राख्न चाहन्छु। अब म रजश्वला भएको बेलासमेत यौन सन्तुष्टि लिन सक्छु। कुनैबेला त रजश्वला भएको बेलाको यौन सम्बन्धबाट बढी सन्तुष्टि महसुस हुन्छ। मलाई के थाहा छ भने यसरी रजश्वला भएको बेला राखिएको यौन सम्बन्धबाट चरम सन्तुष्टि हाँसिल गर्ने म मात्र एक्ली होइन। पाँचसय जनामा गरिएको एक अनुसन्धानमा ५५ प्रतिशतले अनुसन्धाताहरुलाई रजश्वलाका बेला गरिएको यौन सम्बन्ध सहज र सन्तुष्ट पार्ने थियो।

 

रजश्वला भएको बेला राखिएको यौन सम्बन्धबाट कुनै समस्या नभएको उनीहरूको भनाइ थियो। अर्कोतर्फ ४५ प्रतिशत महिला थिए जसले रजश्वला भएको बेला यौन सम्बन्ध राख्नु ठीक होइन भने। रजश्वला भएको बेला यौन सम्बन्ध राख्नेबारेमा धेरै अनुसन्धान भएका छन्। ती अनुसन्धानका आधारमा अनुसन्धाताहरूको के भनाइ छ भने( ४५ प्रतिशत महिला रजश्वला भएको बेला आफूलाई बढी उत्तेजित भएको महसुस गर्छन्। तर, यति धेरै अध्ययनका बाबजुद अनुसन्धाताहरू निश्चित यही हो भनेर स्पष्ट भन्न सक्ने अवस्थामा भने छैनन्। तैपनि रजश्वला भएको बेलाको यौन सम्बन्धलाई लिएर मेरो स्पष्ट धारणा छ र यसमा म एक्लै छैन भन्ने मलाई राम्रोसँग थाहा छ। २८ वर्षीया क्याथरिनले मलाई के भनिन् भने, रजश्वला भएको बेलाको यौन चाहना सामान्य अवस्थाको भन्दा विल्कुल फरक हुन्छ।

 

उनी भन्छिन्,केही चिज धेरै संवेदनशील हुन्छन्। रजश्वलाका बेला यौन सम्बन्धलाई लिएर धेरै उत्तेजित हुँदैन। खास गरेर यौन आसनहरूलाई लिएर सतर्क रहन्छु। मलाई उत्तेजना महसुस हुन्छ तर त्यसमा अन्तरंगको आवश्यकता पर्छ।ु रजश्वलाका बेला हरेक महिलाको फरक फरक चाहना हुन्छ। केही महिला यो बेलामा आराम गर्न चाहने पनि हुन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाकी स्त्री रोग विशेषज्ञ रिचेल न्युमानले मलाई भनिन्, ुजब तपाई यौन सम्बन्ध राख्नुहुन्छ त्यतिबेला शरीरबाट आक्सिटासियन निस्किन्छ। त्यसको सम्बन्ध हर्मोनसँग हुन्छ। त्यो हर्मोन बच्चा जन्मिने बेला पनि निस्किन्छ। यस्तो अवस्थामा यौन सम्बन्धलाई लिएर सहज हुन्छ। उनले थपिन्, यदि तपाई थप यौन सन्तुष्टि हासिल गर्न सफल हुनुहुन्छ भने तपाईंको शरीरमा थप आराम महसुस हुन्छ।

 

त्यतिबेला प्राप्त हुने पीडाबाट ध्यान हट्छ।क्लूु नामक पीरिएड ट्र्याकिङ एपमा अनुसन्धान गरिरहेकी अना द्रुएतको भनाइ के छ भने, यस्तो बेलामा मासु मडारिनु र पीडा हुनु समान्य कुरा हो। यौन सन्तुष्टिको बेला निस्कने इन्ड्रोफिन्स हर्मोनले रजश्वला भएको बेलाको पीडा कम गर्न सहयोग गर्छ। तर, यो सबैमा लागू हुन्छ भन्ने होइन।

 

रजश्वलाका बेलाको यौन सम्बन्ध असामान्य होइन रजश्वला भएको बेला राखिने यौन सम्बन्ध सबैका लागि सही हो, अन्यथा होइन र असामान्य होइन। रजश्वला भएको बेलामा खासगरी नुहाउने बेलामा राखिने यौन सम्बन्ध सबैभन्दा राम्रो हुनसक्छ। नुहाउने बेला फोहोर हुने सम्भावना रहँदैन। रजश्वला भएको बेला यौन सम्बन्ध राख्न नचाहनुको प्रमुख कारण फोहोर हो। रजश्वला भएको बेला महिलाको गुप्तांगबाट आउने रगत सबैका लागि सामान्य हो। रिचेलको अर्को भनाइ के पनि छ भने रजश्वला भएको बेला यौन सम्बन्ध राख्दा महिलाको रगत कम बग्छ। उनी भन्छिन्, जो महिला रजश्वला भएको बेला यौन सम्बन्ध राख्छन् उनीहरूको रजश्वलाको अवधि छोटो हुन्छ।

 

रजश्वला भएको बेला सामान्य आसनमा यौन सम्बन्ध राख्नुपर्छ भन्ने रिचेलको भनाइ छ। यौन सम्बन्धबारे सबैको आ(आफ्नो अनुभव हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो। तपाईंले कसैले भनेको आधारमा केही गर्नु आवश्यक छैन। तर, म मेरो अनुभवका आधारमा भन्न सक्छु कि( रजश्वला भएको बेला यौन सम्बन्ध राख्नु कुनै असामान्य काम होइन।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको