संसारकै (उत्कृष्ठ पियपदार्थ) जमराको जुस पिउनु स्वास्थ्यकालागि फाइदै फाइदा ।

शनिबार, २० माघ २०७४

 

जमराको जुसलाई पृथ्वीकै उत्कृष्ठ पियपदार्थको रुपमा मानिन्छ । यसको दैनिक सेवनले मुटुरोग, पाचन प्रकृया,क्यान्सर तथा मधुमेहका रोगीलाई निकै फाईदा गर्दछ । यसमा क्लोरोफिल, एमिनो एसिड, मिनिरल्स, भिटामिन ए, बि,डी र ई को ठुलो स्रोत मानिन्छ । यसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन, कपर, सिलिनियर पाइन्छ ।


यसमा एन्टी अक्सिडेन्ट एन्टि ब्याक्टिरियलस, एन्टी क्यान्सर, एन्टी इन्फमेन्टरी गुण रहेको जमराको जुस हाम्रो शरिरलाई फाइदा पुग्द छ ।

 

जमराको जुस पिउनुका फाइदाहरु :


१) यो प्राकृतिक रुपले सर्बोत्तम पोषक तत्वको खानी हो । यसले पोषणको कमिका कारण हुने विरामिहरुलाई निकै फाइदा जनक गर्दछ ।


२) यसमा प्राकृतिक एन्टी अक्सिडेन्ट प्राप्त हुन्छ । यसले श्वास र पसिनाको दुर्गन्ध हटाउन, कष्ट र तनाव दुर गर्न मद्धत गर्दछ ।


३) रगतको शुद्धिकरण तथा हेमोग्लोविन बनाउन सहायक हुने भएकाले एनिमिया (रक्तअल्पता) को उपचारमा एकदमै सार्थक मानिन्छ ।


४) यसले पाचन तन्त्र सम्बन्धीका विरामिहरु जस्तैः कब्जियत, एसिडिटि, अल्सर, हर्षा, मधुमेह र मृगौलाका विकार हरुलाई रोक्नमा मद्धत गर्दछ ।


५) रोग प्रतिरोधात्मक क्षमतालाई सशक्त बनाउन मद्दत गर्दछ ।


६) छाला सम्बन्धी रोग जस्तैः दाग, डण्डीफोर, एक्जिमा आदि लाई निको पार्न मद्दत गर्दछ । र छालालाई चम्कीलो र निरोगी बनाउछ ।


७) शरिरको कोसिकाहरु ः केस, फोक्सो, हृदय, मृगौला, मांसपेसिहरु लगाएत दातलाई पनि बलोलो बनाउ छ ।


८) सहि आहार, तौल घटाउन वा बढाउन दुबैमा यो प्रभावकारी हुन्छ ।


९) क्यान्सर, रक्तचाप, मासिक समस्याहरु, पक्षघात, रक्त क्यान्सर, दमको रोग र अनिद्रा जस्ता अनेक रोगहरुको उपचारमा यसले मद्दत गर्दछ ।


- एस.के. न्यौपाने / स्वास्थ्यन्युज


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको