चुम्बन र मुखमैथुनका कारण क्यान्सर !

शनिबार, २७ माघ २०७४

 

प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढी खतरनाक रहेको देखाएको छ ।

 

अस्ट्रेलियाका डाक्टरहरुले हालै गरेको अनुसन्धान अनुसार टाउको तथा घाँटीको क्यान्सरको जोखिम तत्वहरुमा धुमपान र मद्यमान भन्दा चुम्बन अगाडि रहेको छ ।अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका अनुहार, टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसका अनुसार चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम प्यापिलोमा भाइरस सर्ने खतरा हुन्छ ।टाउको तथा घाँटीमा हुने क्यान्सर भन्दा ७० प्रतिशत यहीँ भाइरसका कारण हुने गरेको अमेरिकामा गरिएको अर्को अध्ययनले देखाएको छ । यो भाइरस महिलामा पाठेघरको क्यान्सरको समेत मुख्य कारकतत्वको रुपमा रहेको छ ।

 

 

ह्युम प्यापिलोमा भाइरसका कारण हुने क्यान्सरको घटनामा पछिल्लो समयमा वृद्धि हुँदै आएको र यसको मुख्य कारण मानिसको आनीबानीमा हुने परिवर्तन रहेको डाक्टरको भनाइ छ । खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताउँछन् ।

 

क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ । शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।

 


(एजेन्सीको सहयोगमा )


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको