प्रधानन्यायाधीशले तत्काल राजिनामा दिनुपर्ने डा. गोविन्द केसीको माग

आइतबार, २८ माघ २०७४

 

काठमाडौँ,  बिचाराधीन मुद्धामा प्रभाव पार्ने गरी चलखेल गरेको भन्दै प्राडा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको  राजिनामा माग गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माग गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीका नागरिकता र प्रमाणपत्रहरु दुषित रुपमा प्राप्त भएको आरोप लगाउँदै डा. केसीले त्यसका आधारमा भएका नियुक्ति बदर गरी कानूनी कारबाही गर्न समेत माग गरेका छन् । डा. केसीले पराजुलि विरुद्धको अदालतको अवहेलना सम्वन्धी मुद्धा दर्ता गर्नुपर्ने, आफ्ना अधिवक्त सुरेन्द्र भण्डारीमाथिको धम्कीको छानवीन गर्नुपर्ने तथा नागरिकता सम्वन्धी जिल्ला प्रशासन कार्यालयसंग मागेको विवरण उपलव्ध गराउनुपर्ने माग गरेका छन ।

 

प्रधानन्यायाधीश पराजुली र आफूसंग जोडिएको अदालतको अवहेलना सम्वन्धी मुद्धाको पेशी आउन १० दिन बाँकी छँदा डा केसीले आज पत्रकार सम्मेलन गरेका हुन् । गत महिना प्रधानन्यायधीश पराजुली सहितको इजलाशले चार बर्ष पुरानो त्रिवि आईओएम डीनको विषयमा परेको रिटको सुनुवाई गर्दै प्राडा शशी शर्मालाई पुर्नवहाली गर्ने निर्णय गरिदिएपछि डा केसी पराजुली विरुद्ध उत्रिएका हुन् ।

निर्णय सार्वजनिक भए लगत्तै पराजुली राजिनामा माग गर्दै अनसन थालेपछि उनीमाथि अदालतको अवहेलना गरेको मुद्धा लागेको थियो । सो मुद्धामा उनी गत २४ पुसमा पक्राउ समेत परे । तर प्रारम्भिक सुनुवाई पछि २६ पुसमा रिहा भएका थिए । सोही मुद्धाको अर्को सुनुवाई आगामी ८ फागुनका लागि तोकिएको छ ।

डा. केसीले भने प्रधानन्यायाधीश पराजुलीले नागरिकता देखि प्रमाणपत्रहरु नै सक्कली भन्न नसकिएको भन्दै तत्काल राजिनामा दिन माग गरेका छन् ।

 

डा. केसीले उठाएका मागहरु यस्ता छन् :

- बिचाराधीन मुद्दामा प्रभाव पार्ने गरी चलखेल गरी रहेको र अहिले पनि विवादास्पद कार्यहरु गरी रहेको हुनाले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्छ।

 

- गोपाल पराजुलीले दुषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरु शैक्षिक प्रमाणपत्रहरु तथा तिनका आधारमा भएका नियुक्त बदर गरि उहाँलाई कानुनी कारवाही गरियोस।

 

-उहाँलाई विपक्षी बनाइ ल्याएको अदालतको अवहेलना मुद्धा तत्काल दर्ता गरि कारवाही गरियोस्।

 

-अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्वन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरि गम्भीरता पूर्वक अनुसन्धान गरियोस्।

 

-उहाँको विवादित नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्वन्धि अभिलेखहरुको तत्काल सूचना उपलब्ध गराइयोस्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको