मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

शुक्रबार, ०४ फागुन २०७४

 

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।

 

बद्लिदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधुमेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ । त्यस्ता उपचार र औषधीले मधुमेह नियन्त्रण त हुन्छ, निर्मूल भने हुँदैन ।

 

जबकी आर्युवेदिक औषधी एवं प्राकृतिक विधी अपनाएर मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

 

मधुहेको लेभल कति हुनुपर्छ ?

– बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ ।

– खाना खाएको २ घण्टापछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।

– ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।

– यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।

मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले यसको निदान पनि सोहि अनुसार खोज्नुपर्छ । खासगरी स्वस्थ्य खानपान, सक्रिय दिनचर्यासँगै नराम्रो आनीबानी हटाउनुपर्छ । यसका साथै अन्य केहि घरेलु विधी छन्, जो निकै प्रभावकारी हुन सक्छ ।

१. तीनदेखि चार हरियो प्याज जरैसँग लिने । त्यसलाई राम्ररी धुने । अब उक्त प्याजलाई दुई लिटर पानीमा भिजाएर रातभर राख्ने । बिहान पानी पिउने । यो पानी एकै पटक पिउनु हुँदैन । दिनभरमा जतिबेला तिर्खा लाग्छ, थोरै थोरै पिउनुपर्छ । १ महिना निरन्तर यो विधी अपनाउनुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

२. अमला, करेला, नीम, मेथी दाना र घिउमुकारीले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ । करेलामा भिटामिन ए, बि-१, बि- २, सि हुन्छ । यी पोषक तत्वले रगतमा सुगर र पिसाबको सुगर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेक दिन एक गिलास करेलाको जुस पिउनैपर्छ ।

३. आँपको ताजा पात सुकाउने । त्यसलाई पिसेर पाउडर बनाउने । अब खाली पेटमा एक चम्चा यो पाउडर पानीसँग पिउनुपर्छ ।

४. आँपको ताजा पातलाई रातभरी पानीमा भिजाउने । बिहान त्यसलाई उमालेर खाली पेटमा पिउनुपर्छ ।

५. मेथी दाना १ सय ग्राम, तेजपत्ता १ सय ग्राम, बेल पत्रको पात २ सय ५० ग्राम । यी सबैलाई सुकाएर पिस्ने । बिहान खाली पेटमा उक्त धुलो एक चम्चा जति खानुपर्छ ।

योग

– मधुमेहलाई जरैबाट हटाउनका लागि योग पनि एकदमै प्रभावकारी हुन्छ । बाबा रामदेवका अनुसार प्रतिदिन १५ देखि २० मिनेटसम्म कपालभाति प्राणायाम, अनुलोम-विलोम, मन्डुकासन गर्नुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

यी कुरा त्यागौं

– तनाव, गलत जीवनशैली, मोटोपन, निस्त्रिmयता, अनिन्द्रा त्याग्नुपर्छ । किनभने यी सबै मधुमेहको कारण हुन् ।

– मधुमेहबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउने र आफ्नो दिनचर्यामा योग एवं व्यायामलाई सामेल गर्ने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको