टन्सिलको समस्या सँधैका लागि हटाउन यी घरेलु उपाय अपनाउनुहोस्

शुक्रबार, २५ फागुन २०७४

 

जाडाे माैसममा चिसाे, धुवाँ, धुलाे र चिल्लाे खानेकुराले टन्सिलकाे समस्यालार्इ बढाउँछ । टन्सिल घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ हुन्छ वा सुन्निएको अनुभव हुन्छ । यस्तो अवस्थामा खानपिनकाे त कुरै छाेडाैं, थुक निल्न पनि गाह्राे हुन्छ । अझ टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्दा झन् समस्या जटिल हुन्छ ।

 

टन्सिलाइटिस ग्रन्थीले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई बचाउँछ । यसले मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम गर्छ । तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, अनुमान लगाउनुहाेस् त- त्यसले शरीरमा कति समस्या निम्त्याउँछ ?

 

असहज अवस्थामा बाहेक एन्टिबायोटिक सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने असर पुर्याइरहेकाे हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक पद्धतिबाटै यसरी टन्सिलकाे उपचार गर्नुपर्छ ।

 

नुन-पानीले कुल्ला गर्ने

टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी विधि हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हालेर त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गर्नाले टन्सिल सुन्निन कम हुन गर्इ दुखाइमा पनि राहत मिल्छ ।

 

बेसार-पानी पिउने

बेसार प्राकृतिक एन्टिबायोटिक्स हो । शुद्ध बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा पिउने गर्दा प्रभावकारी काम गर्छ । बेसार-पानीलार्इ पकाएर पनि प्रयाेग गर्न सकिन्छ ।

 

तुलसी चपाउने

तुलसी बहुगुणी र बहुपयाेगी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनाले राहत मिल्छ । यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउँदा फाइदा गर्छ ।

 

मह र दालचिनी

दालचिनीमा दुखाइ कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलका लागि फाइदाजनक हुन्छन् । यसका लागि अलिकति दालचिनी पिसेर दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसार्इ दिनमा तीन पटक सेवन गरेमा दुखाइ भाग्छ र सुन्निन पनि कम हुन्छ ।

 

हर्बल चिया

हर्बल चिया पिउनु पनि टन्सिलको समस्याबाट मुक्ति पाउने उत्तम उपाय हाे । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । यसले गर्दा घाँटी सुन्निन कम हुन्छ र दुखाइ पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।

 

तर टन्सिलको समस्या प्राय धेरै चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा नखाअाैं । चिसाे गराउने फलफूल र खानेकुरा सेवन नगराैं । यसबाहेक अत्यधिक तेल, मसलायुक्त र पिराे खानाबाट पनि बच्नुपर्छ । सबैलाई जानकारी दिन पढिसकेपछि सेयर गर्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको