गर्मी मौसममा पार्टीवेयरका लागि यस्ता ड्रेस उपयुक्त

बिहिबार, ०१ चैत २०७४

 

केही वर्षपहिले पार्टीमा सामान्यतः एउटै ड्रेसको प्रयोग गर्ने प्रचलन थियो । खासगरी महिलाका लागि सारीलाई पार्टीवेयरको महत्वपूर्ण ड्रेस मानिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सारी या सुटमा मात्र पार्टीमा पुग्ने बाध्यता छैन । आजभोलि पार्टीका लागि थुप्रै प्रकारका ड्रेस बजारमा उपलब्ध छन् । अझ महिलाका लागि त छनोट गर्नका लागि थुप्रै अप्सन आइसकेका छन् । गर्मी मौसमका लागि पार्टीवेयरमा यस्ता ड्रेस प्रयोग गर्न सक्नुहुन्छ :


लेहेंगा
पछिल्लो समय लेहेंगा पार्टीवेयरका लागि निकै महत्वपूर्ण साबित भएको छ । डबल फ्लेयरवाला लेहेंगा अझ बढी प्रचलनमा छ । लेहेंगाको उपयुक्त प्रयोगले निकै सुन्दर देखाउन मद्दत गर्छ । यद्यपि, फरक–फरक डिजाइनमा लेहेंगा उपलब्ध छन् । यसमा स्काई, बेबी पिंक, लाइट एल्लो, ह्वाइट सेड कलरको लहेंगाले ग्ल्यामरस देखाउँछ ।

 

क्रप टप लङ स्कर्ट
अहिले क्रप टप र लङ स्कर्टको माग पनि अत्यधिक छ । यस्तो स्कर्ट पार्टीमा मात्र नभएर अन्य प्रयोजनका लागि पनि प्रयोग गरिन्छ । यसमा पनि कलर छानेर प्रयोग गर्न सक्नुहुन्छ । यो पार्टीवेयरका लागि पनि निकै उपयोगी ड्रेस बनेको छ ।

 

लङ गाउन
तपाईं कुनै पार्टीमा पुग्नुभयो भने गाउन पहिरिएकाहरू पनि छ्यापछ्याप्ती देख्न सक्नुहुन्छ । प्रायले सिंगल लङ गाउन सहज मान्छन् । जुन पार्टीका लागि पनि उत्तिकै स्विटेबल हुन्छ । गाउनले लुक्सलाई आकर्षक देखाउन सहयोग गर्ने भएकाले मानिसलाई ग्ल्यामरस देखाउन पनि मद्दत गर्छ । गाउनले शरीरका सबै सेपलाई पनि स्पष्ट देखाउन मद्दत गर्छ । स्लिम मान्छेका लागि त गाउन निकै उपयुक्त हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको