केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थकालागि 'धर्म' नामको भाइरस फैलाएका छन्

बुधबार, १४ चैत २०७४

 

गिद्धको बच्चाले भन्यो - "आज मलाई मान्छेको मासु खान मन लागेको छ।" 

गिद्धले भन्यो - "हुन्छ छोरा l म बेलुका लिएर आउँछु।"

यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो ।

बच्चाले भन्यो - "यो त सुँगुरको मासु हो l

मलाई त मान्छेको मासु खान मन लागेको छ।"

गिद्धले भन्यो - "पर्खि छोरा l

म बेलुकासम्ममा बन्दोबस्त गर्छु ।

"यति भनेर गिद्ध उड्यो । बेलुकी मरेको गाईको मासु लिएर आयो ।

बच्चाले रिसाउँदै भन्यो - "यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।"

गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकि दियो ।

केही समयपछि त्यहाँ धार्मिक द्वन्दले काटमार सुरु भयो l मान्छेका लाशहरू बग्रेल्ती भेटिए । गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए । गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो - "यो सब चमत्कार तपाईंले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?" गिद्धले भन्यो - "छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थकालागि 'धर्म' नामको भाइरस फैलाएका छन् । अनि यही धर्मको नाममा मर्न र मार्न तयार हुन्छन् । धन्य छोरा l हाम्रो कुनै धर्म छैन र आनन्द छ l त्यसैले तँ मज्जाले मासु खा ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको