बाथ रोगको अचुक औषधि हरियो प्याज

मङ्गलबार, १८ माघ २०७३

 

हरियो प्याज स्वादिलो हुनुका साथै पोषक तत्वहरुले पनि भरिपूर्ण हुन्छ । हरियो प्याजलाई तपाईँ तरकारी, सलाद र सुपको माध्यमले सेवन गर्न सक्नु हुन्छ । प्रायः जसो मानिसले हरियो प्याजलाई स्प्रिंग ओनियन भनेर पनि चिन्दछन् ।

 

हरियो प्याजमा सल्फर अत्यधिक मात्रामा पाइन्छ , जुन शरीरको लागि लाभदायक हुन्छ । साथै हरियो प्याजमा भिटामिन सी, ए, के, बी–२ र थियामाइन पर्याप्त मात्रामा पाईन्छ । त्यस बाहेक हरियो प्याज कपर, फस्फोरस, म्यागनेशियम, पोटाशियम, क्रोमियम, म्यागनीज र फाइबरको पनि राम्रो स्रोत हो ।

 

हरियो प्याज खानाले हुने फाइदा :

 

मुटुको लागि राम्रो   :

हरियो प्याजले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ । यसले कोलेस्ट्रोलको अक्सीकरणलाई कम गर्छ र कोरोनरी हृदय रोगलाई पनि कम गर्नमा मद्दत गर्छ । हरियो प्याजमा एन्टीअक्सीडेन्टको मात्रा धेरै हुनाले कोषहरुलाई नष्ट हुनबाट जोगाउँछ । यसमा भिटामिन सी अत्यधिक मात्रामा हुन्छ, जसले कोलेस्ट्रोललाई कम गर्छ र ब्लडप्रेशरलाई सन्तुलित राख्नमा मद्दत गर्छ । यसमा सल्फर पाइन्छ, जसले मुटु सम्बन्धि रोगहरुलाई टाढा राख्ने काम गर्छ ।

 

हड्डिलाई बलियो बनाउँछ :

हरियो प्याजमा एन्टी–इन्फ्लेमेटरी (सुन्निने समस्या कम गर्ने) गुणको कारणले अर्थराइटिस (बाथ) को दुखाईमा आराम हुन्छ । त्यस बाहेक भिटामिन सी र भिटामिन के को राम्रो स्रोत भएकाले हरियो प्याजले हड्डिहरुलाई बलियो बनाउनमा मद्दत गर्छ ।

 

पेटको लागि लाभदायि :

हरियो प्याजमा सल्फर पर्याप्त मात्रामा पाइन्छ, सल्फरमा पाइने एलाइल सल्फाइड नामक तत्वले पेटको क्यान्सरबाट बचाउने काम गर्छ । साथै हरियो प्याजमा भएको प्याक्टिन नामक तत्वले पेटको क्यान्सर हुने खतरालाई पनि कम गर्छ ।

 

रुघाखोकी र फ्लूबाट बचाउँछ :

एन्टीअक्सीडेन्टको मात्रा धेरै भएकाले हरियो प्याजमा एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण पनि हुन्छ । जसले शरीरलाई इन्फेक्शन हुनबाट मुक्त राख्छ । हरियो प्याजको सेवनले रुघाखोकी, फ्लू र मौसम अनुसार लाग्ने ज्वरोको खतरापनि कम हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको