सातै प्रदेशमा शाखा बिस्तार गर्न विश्व स्वास्थ्य संगठनले राख्यो प्रस्ताव

शुक्रबार, ०७ बैशाख २०७५

 

काठमाडौँ,  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले सातवटै प्रदेशमा आफ्नो कार्यालय बिस्तार गर्ने योजना अघि सारेको छ ।

 

संघीय संरचना अनुसार स्थानीय तहमै गएर सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न भन्दै ‘डव्लुएचओ’ले सातवटै प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने योजना अघि सारेको हो । त्यसका लागि उसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग स्वीकृतिका प्रस्ताव पेश गरेको छ ।

 

‘सातवटै प्रदेशमा एउटा एउटा अधिकृत सहितको शाखा राख्न भन्दै स्वीकृतिका लागि प्रस्ताव आएको छ । हामीले आवश्यक निर्णय गर्नेछौँ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

 

डव्लुएचओले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी नेपालको स्वास्थ्य सेवामा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको