कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ

शनिबार, ०८ बैशाख २०७५

 

जुम्ला,  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रकाउ परेका छन् । उनीहरुलाइ शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

 

उनीहरुले बैशाख ६ गते साँझ ७ः३० बजे मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर आकस्मिक कक्षमा रहेको ढोकाको सिसा र बत्ती तोडफोड गरेका थिए ।

 

तोडफोड गरी फरार रहेका उनीहरुलाई एक दिन पछि नै पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक डा दाहालले बताए । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको