सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यको के-के विषय परे ?
मङ्गलबार, ०८ जेठ २०७५
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
संघीय संसद अन्तरर्गत आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
राष्ट्रपतिको संवोधनमा स्वास्थ्यका यी बुँदा समेटिएको छ :
- आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गरिनेछ ।
- स्थानीय तहबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क गरिनेछ ।
- प्रदेश तहबाट विशेषज्ञ स्वास्थ्य सेवाका साथै रेफरल सेवा उपलव्ध गराइनेछ ।
- केन्द्रीय स्वास्थ्य संस्थाहरुबाट अत्याधुनिक विशिष्ठीकृत स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।
- शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोगलाई बढवा दिइनेछ ।
- केन्द्रीय स्वास्थ्य संस्थाहरुबाट अत्याधुनिक विशिष्ठीकृत स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।
- पाँच बर्ष भित्र विशिष्ठीकृत उपचार सेवाका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनेछ ।
- गुणस्तरीय पुर्वाधार उपकरण र जनशक्तिको व्यवस्था गरी अस्पतालको सेवामा सुधार गरीने छ ।
- चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार सम्वन्धी आचारसंहिता लागू गरिनेछ ।
- सबै नेपाली को स्वास्थ्य बीमा हुने गरी स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिनेछ ।
- स्वास्थ्य बीमाको प्याकेजमा पुनाराबलोकन गरी समय सापेक्षा बनाइनेछ ।
- स्वास्थ्य सेवामा निरोधात्मक र प्रतिरोधात्मक पद्धतीको समिश्रण गरनेछ ।
- विद्यमान नीति तथा कानूनहरुमा सुधार गर्दै जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने व्यक्तिको उपभोगमा निरुत्साहित गरिनेछ ।
- आयुर्वेदिक युनानी र होमियोपेथिक प्राकृतिक लगयायत चिकित्सक पद्धतीलाई आधुनिकीकरण गरी संरक्षण प्रदान गरिनेछ ।
- योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरिनेछ ।
- सबै नेपालीलाई स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।
- अन्तरक्रियात्मक श्रव्य दृश्यको माध्यमबाट गुणस्तरीय शिक्षा र विशेषज्ञ चिकित्सकीय सेवा उपलव्ध गराइनेछ ।
- डिजिटल प्रणाली मार्फत भर्चूअल सिकाई र स्वास्थ्य उपचारको व्यवस्था मिलाइनेछ ।
- पाँच बर्ष भित्र प्रत्येक स्थानीय तहमा न्युनतम १५ सैयाको अस्पताल निर्माण गरिनेछ ।
- प्रत्येक स्थानीय तहमा कम्तीमा एक चिकित्सक रहने व्यवस्था मिलाइनेछ ।
- एक सय बेड भन्दा ठूला अस्पतालमा जेष्ठ नागरिक वार्डको व्यवस्था गरिनेछ ।
- स्वास्थ् यसेवा प्रदायक सार्वजनिक निजी र सामुदायिक संस्थाहरुसंग सहकार्य गरी आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गरिनेछ ।
- अशक्त असहाय र वेवारिसे मनोसामाजिक विरामीहरुको उपचार र पुनस्थापना गरिनेछ ।
- स्वास्थ्य केन्द्रहरुमा आकस्मिक शल्यक्रिया र ट्रमा उपचार सेवा उपलव्ध गराई दुर्घटनाबाट घाइते भएका व्यक्तिहरुको प्रारम्भिक उपचार गर्ने व्यवस्था मिलाइनेछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्