कति छ रक्षामन्त्री पोखरेलको सम्पती ? कलेजदेखि हाइड्रोसम्म लगानी

बुधबार, ०९ जेठ २०७५

काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सम्पती विवरण अनुसार ४ ठाउँमा जग्गा र घर छ। टोखामा २३ आना जग्गामा उनको घर छ। पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको बताएका छन्।

पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ। जसमध्ये चन्द्रगढीको जग्गा पोखरेलकै नाममा छ भने अरु श्रीमतीको नाममा छ। पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी रहेको खुलेको छ। अनुसार उनको तीन वटा कम्पनीमा शेयर लगानी छ।

पोखरेलले श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्। बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ।

मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ। जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख गरिएको छ।  आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक, कति छ सम्पती ?

प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पती सबै श्रीमती राधिका शाक्यको...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको