वीर अस्पतालको नाममा धुर्मुस सुन्तली फाउन्डेशनले अनियमित ढंगले चन्दा उठाएको आरोप

शुक्रबार, १८ जेठ २०७५

 

काठमाडौँ, वीर अस्पतालको नाममा धुर्मुस सुन्तली फाउन्डेशनले अनियमित ढंगले चन्दा उठाएको भन्ने आरोपको अभियन्ता सिताराम कट्टेल धुर्मुसले खण्डन गरेका छन् ।

उनले सरसफाई अभियानमा जो सुकैले खुल्ला दिलले सहयोग गर्न सक्ने भन्दै वीर अस्पताल सरसफाई गर्दा आएको रकम पनि सोही प्रकृतिको रहेको बताएका छन् । आफू नेपाल सरकारको सरसफाई दुत भएको र स्वास्थ्य मन्त्रालयको आग्रह पछि सामाजिक उत्तरदायित्व समेत ठानेर वीर अस्पताल सरसफाईमा जुटेको स्पष्ट पारे ।

 

उनले भने, ‘मैले सहयोग पाएको सबै रकम वेव साइटमा राखेको छु । अनियमित गर्ने भएको भए त त्यो नराखेको भएपनि हुन्थ्यो होला नि ?’

 

हेरौँ उनले के भने ?

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको