काठमाडौंबाट बिराटनगर हिँडेको बस चितवनमा दुर्घटना, १८ घाइते

शुक्रबार, १८ जेठ २०७५

 

चितवन । काठमाडौंबाट विराटनगरका लागि छुटेको बस चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

 

ना ६ ख १३३२ नम्बरको बस बिहीबार राति १ बजे चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको त्रिनेत्र पेट्रोल पम्प अगाडि सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

 

घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Ad


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको