दाँतका डाक्टरले खोलिदिए बिरामीको यौनजीवनको रहस्य, मुखभित्रको घाउने खुल्यो पोल

बिहिबार, ३१ जेठ २०७५

एजेन्सी। पछिल्लो समय एक व्यक्तिको मुखभित्रको यो फोटो निकै भाइरल भइरहेको छ । यो फोटो एक डेन्टिस्टले शेयर गरेका हुन् । डेन्टिस्टका अनुसार मुखभित्रको यो अनौठो गोलो घेराले उनका बिरामीको यौनजीवनको रहस्य बताउँछन् । डाक्टरका अनुसार बिरामीको यो हाल अत्याधिक ओरल सेक्स (मुखमैथुन) गर्दा भएको हो । 

डेलिमेलको रिपोर्ट अनुसार डाक्टर लुइस अल्बर्टोले बताए कि मेक्सिकोका एक ४७ वर्षका व्यक्ति उनीकहाँ दाँतको उपचार गर्न आएका थिए । बिरामीको दाँत केही ठाउँमा भाँचिएको थियो त्यसैले डाक्टरले दाँत भर्दै थिए । यही क्रममा डाक्टरले मुखको माथिल्लो भागमा अनौठो घाउ देखे । यो निकै विचित्रको गोलो घाउ थियो । बिरामीलाई यसबारे सोध्दा उनलाई यसबारे केही जानकारी थिएन ।बिरामीले त यस्तो कुनै घाउ भए पनि आफूलाई नदुख्ने बताए । डाक्टर लुइसलाई यो निकै अचम्मको लाग्यो र उनले बिरामीको बारेमा थप जान्न खोजे । 

बिरामीले भने कि उनी गाँचा र कोकिनको सेवन गर्छन् । यसका अलावा उनी कैयौं पुरुषहरुसँग यौनजन्य क्रियाकलापमा संलग्न छन् । बिरामीले बताए कि उपचारको लागि आउनुभन्दा तीन दिन अघि पनि उनी साथी पुरुषसँग यौनकार्य गरेका थिए । बिरामीको बारेमा थाहा पाएपछि डाक्टर यो निष्कर्षमा पुगे कि त्यो रोग इरिथेमा थियो । जो मुख मैथुनको कारण हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको