एसईईको नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस् नजिता

शनिबार, ०९ असार २०७५

 

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा आज प्रकाशित गर्ने तयारी थालेको छ । शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको र ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको कार्यालय स्रोतले जनाएको छ ।

 

गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

 

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको