सिंहआसन : सौन्दर्य बढाउनदेखि टन्सिल निको पार्नसम्म उपयोगी

बुधबार, ०७ साउन २०७७

 

सिंह आसनको अर्थ सिंहको जस्तो मुद्रा बनाउनु हो । यो आसनमा सिंहले जस्तै गर्जिनु पर्छ । त्यसैले यसलाई कुनै एकान्त वा शान्त स्थानमा गर्नुपर्छ ।

यो आसन गर्नका लागि खुट्टालाई घुँडामा मोडेर अगाडि टेक्ने । त्यसपछि कुरकुच्चामा बसेर अगाडि झुक्ने र दुवै हातलाई दुवै घुँडाहरुको बीचमा भुइंंमा टेकाउने । त्यसपछि सिंह झैं गर्जिने । यो क्रिया केहि पटकसम्म दोहो¥याउनुपर्छ ।


के छ त लाभ ?

–यो आसनले मेरुदण्ड बलियो बनाउँछ । घ्राण शक्ति बढ्छ ।

–टन्सिल जस्ता समस्या ठिक गर्छ ।

–थाइराइड ग्रन्थीमा लाभ मिल्छ । मलद्वार सम्बन्धी समस्यामा पनि यो लाभदायक मानिन्छ ।

–यो आसनले आँखा, नाक, कान, जिब्रोलाई चुस्त र दुरुस्त राख्न सहयोग गर्छ ।

–सौन्दर्यका लागि पनि यो सिंहआसन उपयोगी हुन्छ ।

 

अनुहारको चाउरी हट्छ

बढ्दो उमेरका कारण मानिसको अनुहारमा चाउरीपन देखिन थाल्छ । यदि तपाईं आफ्नो अनुहार चाँडै चाउरी नपरोस भन्ने चाहनुहुन्छ भने नियमित सिंह आसन गर्नुस । यसले अनुहारलाई भरर्भराउँदो बनाइराख्न मद्दत गर्छ ।

 

थाइराइडमा आराम मिल्छ

यदि तपाईंलाई थाइराइडको समस्या छ भने सिंह आसन गर्नैपर्छ । यसले थाइराइडमा आराम मिल्छ । यसका साथै तपाईंको गुद्वार सम्वन्धि समस्या पनि निमिट्यान्न बनाउँछ ।

 

अंगहरुले सही काम गर्छन्

सिंह आसनले शरीरका महत्वपूर्ण अंगहरुलाई सक्रिय बनाउँछ । आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, कलेजो, आदि सफा भएर आफ्नो काम ठिक ढंगले गर्न थाल्छन् ।

 

आँखा र कान शसक्त हुन्छन्

सिंह आसन नियमित गर्दा आँखा र कान दुवैलाई फाइदा मिल्छ । यसबाट आँखा, नाक, कान, जिभ्रो आदि पुष्ट हुन्छन् तथा जिभ्रो तालु र दाँत शशक्त हुन्छन् ।

 

घाँटीका समस्याबाट आराम

तपाईंलाई घाँटीका तमाम समस्याहरुबाट राहत दिन्छ सिंह आसनले । घाँटीको दुखाई, सुन्निने आदि समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

 

आँखाको ज्योति बढ्छ

सिंह आसन यस्तो आसन हो जुन नियमित गर्दा आँखाको दृष्टि बढ्छ । यसले भित्रको शक्ति पनि मजबुत बनाउँछ ।

 

भकभकाउने समस्या समाधान हुन्छ

केही मानिसहरु सानैदेखि भकभकाउने समस्या झेलिरहेका हुन्छन् ।  कसैको यो समस्या ठूलो भएपछि आफैं समाधान हुन्छ भने कसैको हुँदैन । भक्भकाउने समस्या भएकाहरुका लागि यो आसन अत्यन्त प्रभावकारी छ । नियमित रुपमा सिंह आसन गर्दा भक्भकाउने समस्या आफैं हट्छ ।

 

टन्सिल निको हुन्छ

घाँटीमा टन्सिल भयो भने जोसुकैलाई गाह्रो हुन्छ । यसमा दुखाई पनि धेरै हुन्छ । यसबाट बच्नका लागि सिंह आसन गर्नु आवश्यक छ । यो आसन नियमित गर्दा टन्सिलको समस्याबाट छुट्कारा मिल्छ ।

 

चिन्ता हट्छ

यदि तपाईंलाई सानोतिनो कुरासँग पनि डर लाग्छ वा कुनै कुरामा सामान्यभन्दा बढि चिन्तित बन्नुहुन्छ भने सिंह आसन तपाईंकै लागि हो । यसले मनबाट डर र चिन्ता हट्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका...

के हो ब्रोनकाइटिस ?

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका ताथ बुढाबुढीलाई हुने गर्छन् । त्यस्तै , धुमपान गर्नेहरुमा पनि ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । ...

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा...

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि ।...

विवादित ओम्नी कालोसूचीमा

सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई...

विदेशबाट आएका नेपालीको ३० दिनसम्म कोरोना बिमा नहुने

विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने...

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित...

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ...

पेट खराब त दिमाग खराब

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ? ब्रिटेनका...

कंगना : एडल्ट फिल्म छाडेर कसरी बनिन् बलिउड क्विन

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा...

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने...

लक्षण नभएकाको कोरोना परीक्षण नै नगर्ने निर्णय, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि नहुने

सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा...