शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

सोमबार, २९ भदौ २०७७

 

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ ।

काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयले सोमबार जारी गरेको सूचनामा संक्रमण पुष्टि भएका सैनिक जवानहरुको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको पुनः परीक्षणपछि मात्र उडानको मिति तय हुने उल्लेख छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(UNSMIL)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न आइतबार साँझ उक्त टोली त्यसतर्फ जाने तयारी थियो ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको